दोधारा चाँदनी– ६ बाट नेकपा एमालेका ओम बस्नेत प्यानलको बिजय


दोधारा । कञ्चनपुरको महाकाली पारी दोधारा नगरपालिका–६ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार ओम बस्नेत पुरै प्यानल सहित बिजयी बनेका छन् । बिजयी बस्नेतले ८७४ मत ल्याउदै बिजयी भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस ले ७५१ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्र उम्मेदवार ६ मत ल्याएका थिए । त्यसैगरी १ मा राप्रपाका वडा अध्यक्षका उम्मेदवार बिक्रम चन्द बिजयी बनेका छ्न । ५ मा राप्रपाका वडा अध्यक्षका उम्मेदवार केशव खत्री सहित पुरै प्यानल बिजयी बनेका थिय भने वडा नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र बहादुर सिंह पुरै प्यानल सहित विजय भएका थिए । महाकाली पारीको नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ् । कांग्रेस उम्मेदवार गोपाल भट्ट र एमाले उम्मेदवार किशोर लिम्बू र स्वतन्त्र उम्मेदवार भिम कुमाल बिच प्रतिस्पर्धा हुदैछ् ।


ताजा समाचार

spot_img