दोधारा । दोधारा नगरपालिका–५ मा राप्रपाका वडा अध्यक्षका उम्मेदवार केशव खत्री सहित पुरै प्यानल बिजयी बनेका छ्न । बिजयी चन्दले ४९८ मत ल्याउदै बिजयी भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसले ३८० मत प्राप्त गरेका थिए भने नेकपा एमाले उम्मेदवार २७२ मत ल्याएका थिए । त्यसैगरी १ मा राप्रपाका वडा अध्यक्षका उम्मेदवार बिक्रम चन्द बिजयी बनेका छ्न । बिजयी चन्दले ८०६ मत ल्याएर बिजयी भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस ५०५ मत प्राप्त गरेका थिए भने नेकपा एमाले उम्मेदवार ४१२ मत ल्याएका थिए । कञ्चनपुरका नौं स्थानीय तह मध्ये आठ वटा स्थानीय तहमा मतगणना जारी रहेको छ । पुनर्वास नगरपालिकाको वडा नम्बर –१० मा फर्जी मत परे पछि बिबादास्पद बनेको मतदान केन्द्र निर्वाचन प्रक्रिया नै रोकिएको छ । उक्त नगरपालिकामा मतगणना कार्यक्रम समेत रोकिएको छ् । दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ् । काग्रेंसका उम्मेदवार गोपाल भट्ट र एमाले उम्मेदवार किशोर लिम्बू र स्वतन्त्र उम्मेदवार भिम कुमाल बिच प्रतिस्पर्धा हुदैछ् ।








