कञ्चनपुर: राष्ट्रिय प्रजातन्त्र पाटीले पनि खाता खोलेको छ । दोधाराचाँदनी नगरपालिका ५मा राप्रपाले खाता खोलेको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपा वडाध्यक्षका उम्मेदवार केशव बहादुर खत्रीको प्यानलै निर्वाचित भएको छ । खत्रीले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार नरेन्द्र भण्डारीलाई ५० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भए । राप्रपाका खत्रीले ३११ र काँग्रेसका भण्डारीले २६३मत ल्याएका छन ।

खत्रीसंगै उनका प्यानलका मनोज भण्डारी, दिनेश थापा(मगर), सीता विष्ट र पार्वती सुनार पनि निर्वाचित भएका छन । ०७४को चुनावमा काँग्रेसका उम्मेदवारसंग यस वडामा राप्रपाका उम्मेदवार ३९मतले पराजित भएका थिए ।







