कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा


कञ्चनपुर, बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको कञ्चनपुरमा तयारी अन्तिम चरणमा पुगेको छ ।

मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘निर्वाचन समाग्री लगेर कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन, ‘मुख्य निर्वाचन अधिकृत धामीले भने, ‘अब निर्वाचन केन्द्रमै बाँकी काम गर्छन ।’ हरेक मतदान केन्द्रमा ५ निजामती कर्मचारी खटिएका छन ।

जिल्लाभरी १ हजार ७ सय ५ कर्मचारी खटिसकेका छन । १ सय ३२ निर्वाचन स्थलमा ३ सय ४१ मतदान केन्द्र रहेका छन । ‘हामीले नमुना मतदान गरेका छैँनौँ, ‘मुख्य निर्वाचन अधिकृत धामीले भने अब मतदान केन्द्रमै नमुना मतदान गर्छन ।’ मददान केन्द्रमा पनि निर्माण कार्य जारी रहेको छ । मतदान केन्द्रको जिम्मा पाएका कर्मचारीले आवश्यक तयारी गरिरहेका छन । कञ्चनपुरमा महिला १ लाख ५२ हजार १ सय १२ पुरुष र १ लाख ४३ हजार २ सय ४१ सहित २ लाख, ९५ हजार ३ सय ५४ मतदाता रहेका छन । यस बर्ष कञ्चनपुरमा मतदाता शिक्षा र नमुना मतदा नभएकाले बदरमत जाने अनुमान गरिएको छ ।

निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था पुरा भईसकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले बताए । प्रजिअ पाण्डेका अनुसार निर्वाचन सुरक्षाका लागि कञ्चनपुरमा झण्डै ३ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन हुने छन । निर्वाचनलाई मध्य नजर गर्दै कञ्चनपुभरी २४सै घण्टा सुरक्षाकर्मी परिचालन गरिएका छन ।


ताजा समाचार

spot_img