कञ्चनपुर, नेकपा एकीकृत समाजवादी पार्टी बेलौरीले समाजवादीका उपमेयरका उम्मेदवार नन्द कुमार राना र पार्टीका प्रदेश सदस्य तिलक भट्टमाथी साँघात्मिक हमला गर्ने एमाले नेता कार्यकर्तालाई कार्बाहीको माग अघि सारेको छ ।

बुधबार समाजवादी बेलौरी नगर कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै समाजवादीका उप प्रमुख राना र प्रदेश सदस्य भट्टमाथि साँघात्मिक हमला गर्ने एमाले नेता कार्यकर्तामाथि कार्बाहीको माग अघि सारेको हो । समाजवादीले जारी गरेको विज्ञप्तीमा एमाले ४का वडाध्यक्षका उम्मेदवार अर्जुन ढकालको निर्देशमा हमला गरिएको जनाईरहेको छ । वडाध्यक्ष ढकालकी श्रीमती र हिमाल श्रेष्ठ २५÷३० मोटरसाईकलमा रहेका एमाले अपराधिक जत्थाले साँघात्मिक हमला गरेको दावि समाजवादी बेलौरीले दावि गरेको छ । समाजवादी बेलौरीका उपाध्यक्ष मायाराम शर्माले हस्ताक्षर गरेको विज्ञप्तीमा दोषि उपर कार्बाही नभएर आन्दोलनको चेतावनी दिएका छन । गरेको विज्ञप्तीमा समाजवादीको बुटाबारीदेखि बेलौरी बजारतर्फ आईरहेको बेला भौतिक आक्र्रमण गरेको जनाएको छ । २७ गते दिउँसो समाजवादी बेलौरीको निर्वाचन प्रचार प्रसार अभियानको ¥यालीमा नेकपा एमाले वडा ४ का वडाध्यक्ष उम्मेदवार अर्जुन ढकालकी श्रीमती नेतृत्वमा रहेको प्रतिगामी तथा लोकतन्त्र बिरोधी जत्थाले समाजवादी बेलौरी उप मेयरका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्र्रमण गरेको जनाएको छ ।

समाजवादी सुप प्रदेशका सचिव दिनेशचन्द्र सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा निर्वाचका मुखमै भएको अप्रजातान्त्रिक, अमार्यादित तथा हिन्सात्मक गतिबिधी हरकत पराजित मानसिकताको पराकाष्ठ भएको जनाएको छ । यस विषयमा नेकपा बेलौरीका नेता एव ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन ढकालले आफ्ना नेता कार्यकर्ताले कुनैपनि समाजवादीका नेताकार्यकर्तालाई कुटपिट नगरिएको बताए । उनले निर्वाचनका बेला यतिकै उचालेको र झुटा आरोप भएको बताए । श्रीमतीको नाम आफु वडाध्यक्षको उम्मेदवार भएकाले जोडिएको बताए । समाजवादी बेलौरीमा उपमेयरका उम्मेदवार राना तिलक भट्ट पहिले एमाले नेता नै हुन । उनीहरु एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गरेसंगै एमाले नेता कार्यकर्ता रुष्ट भएका छन । बेलौरीमा एमाले नेता कार्यकर्ता समाजवादीका नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएपछि समाजवादीले समेत एमाले नेता कार्यकर्ता कुटपिटको भत्र्सना गर्दै कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन ।







