दोधारा चाँदनीमा आचार संहित उल्लंघन : पार्टीको चिन्ह अंकित तोरण बजार क्षेत्रमा


दोधारा । दोधारा चाँदनी नगरपालिकामा राजनीतिक दलले निर्वाचन आचार संहिता उल्लंघन गरेको पाईएको छ् । कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपा, स्वतन्त्र समुहले निर्वाचन आचार संहिता उल्लंघन गरेका हुन् । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचार संहिता विपरित मुख्य–मुख्य बजार तथा चोकमा रंगी बिरंगीका पार्टीको झण्डा, उम्मेदवाहरुको पर्चा पम्पलेट झुण्ड्याएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको निर्वाचन अधिकृतको कार्यालय नजिक समेत पार्टीको चिन्ह अंकित झण्डा, उम्मेदवारको प्रचार प्रसार सामग्री फहराईएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६, ७ का बजारका केही ठाँउमा पार्टीको चिन्ह अंकित, उम्मेदवारको प्रचार प्रसार तोरण समेत टाँगिएका छन् । पार्टीको सम्पर्क कार्यालय र उम्मेदवारको घरमा तोकिएको साईजमा बाहेक अन्य स्थानमा दलको प्रचार सामग्री राख्नु निर्वाचन आचार संहिताको उल्लंघन ठहरिने जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ् ।


ताजा समाचार

spot_img