दोधारा । कुतियाकबरबासी को घर दैलो कार्यक्रममा बोल्दै स्वतन्त्र समुहक नगर प्रमुखका उम्मेदवार भिम कुमाल कुतियाकबरबासीको मुहार मा खुसियाली ल्याउछु र उनीहरुका हरेक दुख सुखमा साथ दिने बाचा गरेका छन् । ऊक्त कार्यत्रममा स्वतन्त्र नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, सदस्य लगाएत कुतियाकबरबासी को ठूलो उपस्थिति थियो । कार्यक्रममा स्थानीय बिनु सुनारले भनिन्, ‘चुनाव आयो भने मात्रै नेताहरु हामीलाई सम्झन्छन् ।

जितेर गएपछि फर्केर पनि हेर्दैनन् । हामी कुन हविगतमा बसेका छौ, उनीहरु सबै बिर्सिन्छन् ।’ जवाफ दिदै भिम कुमाल भने– ‘मैले हरेक समयमा कोरोना महामारीको बेलामा औषधी देखि, डाक्टर, उपचार, खाद्यान्न आदि बाढीी आएको बेला मैले सम्पूर्ण नगरवासीहरुको आफ्नो निजी खर्च बाट सेवा गरेकोछु । आगामी दिनमा पनि तपाईहरुको हरेक दुख पिडामा साथ रहनेछ । जिते भने मात्र होईन हारे पनि यस नगरपालिकालाई र नगरपालिकामा बस्ने सम्पूर्ण वृद्धवृद्धा, गरिब, असाहाय, विपन्न र बिभिन्न सामाजिक क्षेत्रमा मेरो सहयोग सधै रहिरहने’ उन भने– ‘यो गाँउ महाकाली नदी र जोगबुढा नदीले घेरेर बनेको टापुमा हो । यो भारत संग जोडिएको सीमावर्ती नेपाली गाँउ हो । यहाँ दर्जनौं घरपरिवार बसोबास छ् ।

जो सीमामा देश रक्षक बनेर बसेका छन् । यहाँको समस्या भनेको महाकाली र जोगबुढा नदीको हो । नदीले जग्गा कटान डुबान हो । म निर्वाचित भईसकेपछि तटवन्ध देखि लिएर कुतियाकबरबासी समस्याहरु समाधान गर्नु नै मेरो पहिलो लक्ष्य हुनेछ ।’ गत कार्तिकमा आएको बाढीले सबै भन्दा बढी प्रभावित बनेको थियो, कुतियाकबर । विसं. २०२८ सालमा राजा वीरेन्द्रले बसालेको यो बस्ती महाकाली नदी कटानले बगरमा परिणत हुदै गएको छ् । पहिला २०० बढी घरधुरी थिए । नदीले जमीन बगर बनेपछि स्थानीय यहााबाट विस्थापित भएका छन् । अहिले ४० परिवार मात्रै बस्छन् ।’ कुतियाकबरका स्थानीयले आफूहरुले यस क्षेत्रका लागि पक्की तटबन्ध बनाएर महाकाली नदीबाट आफूहरुलाई बचाउन भिम कुमाल आग्रह गरेका छन् ।







