सामाजिक अभियन्ता हेमराज थापाले दोधारा चाँदनीको स्वतन्त्र समुहलाई सघाउने


दोधारा । दोधारा चाँदनी नगरपालिकामा रहेको स्वतन्त्र समुहका उम्मेदवारहरुलाई सामाजिक अभियन्ता हेमराज थापा लगाएत उनका टोलीले सघाउने भएको छ् । हिजो अबेर साँझ दोधारा चाँदनी नगरपालिकामा आयोजित स्वतन्क्र समुहकौ एक कार्यत्रममा सामाजिक अभियन्ता हेमराज थापाले दोधारा चाँदनी नगरपालिकामा रहेको स्वतन्त्र समुहका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन् । स्थानिय निर्वाचनमा देशभरीका स्वतन्त्र उम्मेदवारलाई भेट गर्न राजधानीबाट निक्लेका सामाजिक अभियन्ता हेमराज थापा लगाएत उनका टोलीले दोधारा चाँदनी नगरपालिकामा रहेको भिम कुमाल नेतृत्वको स्वतन्त्र समुहका उम्मेवारलाई सक्दो सहयोग गर्ने बताएका छन् । कार्यक्रममा सामाजिक अभियन्ता हेमराज थापा, भोजराज जोशी, सोम शर्मा, हिमाल साँउद तथा पत्रकार प्रकाश थापा तथा दोधारा चाँदनीका स्वतन्त्र समुहका उम्मेदवार तथा नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहले मेयर पदमा भिम कुमाल, उपमेयरमा पार्वती रानाले उम्मेदवारी दिएको छ् । यस्तै वडा नं. १ मा प्रेम खत्री, वडा नं. २ मा भक्त सुनार, वडा नं. ३ मा भुपेन्द्र औजी, वडा नं. ४ मा धन बहादुर दमाई, वडा नं. ५ मा राम बहादुर सुनार, वडा नं. ६ मा भिम बहादुर कामी, वडा नं. ७ मा बिर बहादुर सुनार, वडा नं. ८ मा नर बहादुर सुनार, वडा नं. ९ मा शान्ता क्षेत्री र वडा नं. १० मा ईन्द्र बहादुर सुनारले वडाध्यक्ष पदमा उम्मेदवार रहेका छन् ।


ताजा समाचार

spot_img