दोधारा । दोधारा चाँदनीमा अहिलेपनि शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, रोजगारी,सडक लगाएतका क्षेत्रमा प्रर्याप्त विकास हुन सकेको छैन । भौतिक, सामाजिक, आर्थिक विकासले पछाडी परेको दोधारा चाँदनी नगरपालिकामा रहेका जनताका समस्या समाधान गर्न अब आउने जनप्रतिनिधिलाई अवसर र चुनौती दुबै छन् । बैशाख ३० गते हुने निर्वाचनमा दोधारा चाँदनी नगरपालि का वडा नं. ९ मा जनताका समस्या समाधान र विकास गर्छु भनेर वडा अध्यक्षका उम्मेदवारी दिने मध्येका एक हुन् रुद्र बहादुर दर्लामी । बिसं.२०६० सालमा राष्ट्रि प्रजातन्त्र पार्टीमा आबद्ध भएर राजनितिक यात्रा सुरु गरे । २०७२ साल यता दोधारा चाँदनी नगरपािलका वडा नं. ९ मा वडा नागरिक मञ्नका संयोजकरुपमा काम गरे । उम्मेदवार दर्लामी राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीका नगर सदस्यबाट नगर सह–सचिव, र सचिव पदमा पार्टीले दिएको जिम्मेवारी निभाउदै आए । पार्टीमा रहेर जनताको काममा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्दै आएका वडाध्यक्षका उम्मेदवार रुद्र बहादुर दर्लामी वडा नं. ९ को वडाध्यक्ष पदमा चुनावी मैदानमा उत्रेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ लाई भष्ट्राचार रहित सुन्दर वडाका रुपमा विकास गर्न अध्यक्ष पदमा आफुले उम्मेदवारी दिएको बताए । ‘अहिले भष्ट्रचार भएको ब्याप्त छ् ।’ उम्मेदवार रुद्र दर्लामीले भने ‘आफ्नो वडामा भएको भष्ट्राचारको छानविन गरेर भष्ट्राचार रहित सुन्दर वडाका रुपमा विकास गर्न मैले उम्मेदवारी दिएको हो ।’ वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सञ्चार, यातायात, सडक लगाएतका समस्या समाधान गरि वडालाई सुगम, विकसित सुन्दर वडाका रुपमा विकास गर्ने नेता दर्लामीको मुख्य एजेण्डा छ् । ‘सामान्य प्राथमिक उपचारका लागि पनि अन्यत्र जानु पर्ने, धुलाम्य सडकमा हिड्नु पर्ने, छाडाचौपाया ब्यवस्थापन यहाँका जनताको समस्या छ् ।’ उनले भने ‘यी सबै स्थानिय समस्या हामी स्थानिय सरकारमा निर्वाचित भएपछि पुरा गर्छौ ।’ यस्तै उनले तटबन्धको समस्या समाधान गर्न सम्बन्धित निकायमा पहल गर्ने, कृषि उत्पादित बस्तुको बजारीकरण, वृद्ध वृद्धा, असक्त, अपांग तथा अभिभावक बिहिन बालबालिकालाई निशुल्क स्वास्थ्य चेक जाँच तथा उपचारको व्यवस्था लगाएतका काम समेत गर्ने नेता दर्लामीले बताए । ‘हामी जे बोल्छौं त्यो गर्छौ ।’ उनले भने ‘हामी अरु दलका नेताका जस्तो हावा गफ दिएर भोट माग्दैनौं, काम गरेको र गर्न सक्ने कामका आधारमा जनता संग भोट माग्छौं ।’ दोधारा चाँदनी नगरपालिका वडा नं. ९ मा स्थानिय निर्वाचनमा वडाअध्यक्षको उम्मेदवारमा रुद्र बहादुर दर्लामी, सदस्यमा ममता सुनार, कृष्णा देबि थापा, दिपक बस्नेत र बल बहादुर बस्नेतलाई उम्मेदवारी दिएको छ् ।







