कञ्चनपुर: १३ बर्षिया निर्मला हत्याकाण्डमा न्यायिक आन्दोलनकी अगुवा एव सघर्ष समिति संयोजक हेलेन श्रेष्ठ यतिबेला राप्रपाबाट चुनावी मैदानमा उत्रिएकी छिन ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनाव लाई मध्यनजर गर्दै नगर बिकासका लागि राप्रपा बाट भीमदत्त नगरपालिकाको उपमेयरको दौडमा हेलन श्रेष्ठ रहेकी छन् ।

राप्रपा महिला संगठन कञ्चनपुरका अध्यक्ष समेत रहेकी श्रेष्ठले राज्यबाट कुनैपनि सेवा सुविधा नलिएकै काम गर्ने घोषणा गरेकी छिन । ‘जसरी म निर्मला हत्याकाण्डमा निर्मलाको न्यायिक आन्दोलनमा निःस्वार्थ भएर काम गरेकी थिए, त्यसरी नै उपमेयर भएपनि काम गर्छु, ‘उनले भनिन, ‘मेरो चाहना नगरका चेलीबेटी सुरक्षित बनाएर विकास गर्ने हो ।’ उनी आफ्ना एजेण्डा लिएर जनताको घरदैलेमा गईरहेकी छिन ।
युवा जगतलाई मध्यनजर गर्दै समग्र खेलकुद विकासका क्षेत्रमा समेत अहम् भूमिका खेल्दै आएकी उनी कञ्चनपुर जिल्ला फुटबल संघको हालै सम्पन्न ६ औं अधिवेशन बाट जिल्ला सदस्यमा समेत बैशाख १ गते निर्वाचित भएकी हुन।उनको बिजय संगै यो वर्षको सुरुवात भएको छ।







