दोधारा । दोधारा चाँदनीमा भिम कुमाल नेतृत्वको समुहले कैची चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको छ् । स्वतन्त्र समुहले मेयर, उपमेयर सहित वडामा वडाध्यक्ष गरि ५२ जना उम्मेदवार खडा गरि घरदैलोमा पुग्न थालेको छ् । स्वतन्त्र समुहबाट मेयर पदका उम्मेदवारमा भिम कुमाल प्रतिष्पर्धामा उतारेको छन् । आज स्वतन्त्र समुहले दोधारा चाँदनी नगरपालिकामा बिशाल मोटर साईकल, ट्याक्टर तथा टेम्पो र्याली गरेको छ् । स्वतन्त्र समुहको उम्मेदवारहरुले दोधारा चाँदनी नगरपालिकामा आफुहरुको जित पक्का भएको दाबी गर्दै आएका छन् । स्वतन्त्र समुहले दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ स्याली बजारबाट संचालन भएको बिशाल र्याली दोधारा चाँदनी नगरपालिकाको सबै वडामा परिक्रममा गर्दै साबिकाको चाँदनी गाबिसको खेल मैदानमा र्याली कोण सभामा परिणत भएका थियो ।


यस पटक स्वतन्त्र उम्मेदवारलाई जिताऔं, भ्रष्टाचार बिरुद्धको हाम्रो कैची, हामी स्वतन्त्र हौ, दोधारा चाँदनी नगरपालिकाको समृद्धि तथा बिकासको लागी हाम्रो स्वतन्त्र अभियान लगाएत नारा सडकभरी गुञ्जायमान गराएका थिए । दलहरु सबै भ्रष्टाचारको शिकार भएको दाबी भन्दै स्वतन्त्र भएर आफुहरु स्थानिय निर्वाचनमा प्रस्तुत भएको उनिहरुले बताएका छन् । हरेक दलहरुका कार्यकर्तामा नैरश्यता र पिडा खेप्दै आएकाहरुले निमार्ण गरेको दोधारा चाँदनीमा स्वतन्त्र समुहले आउदो बैशाख ३० गतेको स्थानिय निर्वाचनमा आफ्ना सबै उम्मेदवार भारी मतले बिजय हुने पक्का भएको स्वतन्त्र समुहका उम्मेदवारहरुले दाबी गरेका छन् । कोण सभालाई सम्बोधन गर्दै स्वतन्त्र समुहका मेयर पदका उम्मेदवार भिम कुमालले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मौलाउदै गरेको भ्रष्टाचारलाई निर्मुल पार्न र जनताको समृद्ध सरकार ल्याउन आफुहरुको उम्मेदवारी दिएको बताएका छन् ।


नगरपालिकाको हरेक क्षेत्रको समृद्धि तथा बिकासको लागी स्वतन्त्र समुहका उम्मेदवार निपुण रहेको दाबी गर्दै जनताले आफुहरुलाई निकै रुचाएको कारण स्वतन्त्र समुहको जित निश्चित भएको औल्याएका छन् । यस्तै स्वतन्त्र समुहका उपप्रमुख पदका उम्मेदवार पार्वती रानाले आफु निर्वाचित भएपछि नगर क्षेक्रमा रहेका असहाय, अनाथ तथा असत्त बालबालिकाहरुका लागि व्यवस्थित आश्रय स्थल र गुणस्तरिय शिक्षाको बन्दोबस्त गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । अझै सम्म नगरपालिका क्षेत्रमा आफ्नो र आफ्नो कार्यकर्ताहरुलाई सरकारी सेवा तथा सुबिद्या उपलब्ध गराउने परम्पराको निर्मुल गरि निश्पक्ष तथा धाधलीरहित समाजको बिकास गर्नु पर्ने बेला भएको उनले बताएका छन् । यस पटक कैची चुनाव चिन्हमा मत हाली स्वतन्त्रका उम्मेदवारलाई बिजय गराउन सबैमा आग्रह गरिएको छ् । झण्डै ४ सय बढी स्वतन्त्र समुहका उम्मेदवार, नेता तथा कार्यकर्ताहरुले दोधारा चाँदनी नगरपालिकाको सडक खण्ड जुञ्जायमान गरेका थिए ।








