दोधारा चाँदनी–२ लाई समृद्ध वडा बनाउछौं : उम्मेदवार साँउद


दोधारा । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जनक सिंह साँउदले आफुलाई बिजय बनाए वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फ देखि वडाध्यक्षका उम्मेदवार जनक सिंह साँउदले आउदो बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा दोधारा चाँदनी नगरपालिका वडा नं. २ बाट निर्वाचित भए वडालाई समृद्ध र नमुना वडा बनाउने बताएका छन् । जनतालाई आर्थिक रुपमा मजबुत बनाउने र सबै हिसाबमा नमुना वडा बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह हलोमा मत हाली बिजय बनाउनेमा आफु बिश्वस्त रहेको उम्मेदवार जनक सिंह साँउदले बताएका छन् । वडाका उम्मेदवार साँउद र सदस्यका उम्मेदवारहरु मतदाता संग भेट गरि आफुहरुलाई मतदान गरिदिन आग्रह गर्दै आएका छन् । छाडा चौपाया ब्यवस्थापन, वडामा रहेका सम्पुर्ण समुदायको मठ, मन्दिर तथा धार्मिक स्थल संरक्षण तथा जर्गेना र संरक्षण गर्ने, सडकहरुको चोक चोकमा सार्यबत्ती जडान, बिपन्न परिवारलाई राहत तथा प्याकेजको ब्यवस्था, किसानहरुलाई तरकारीका बिउ, बिजन समयमा उपलब्ध गराउने, वडामा हुने सम्पुर्ण बिकास निमार्णको काममा स्थानियहरुलाई सहभागी संगै सामाजिक लेखा परिक्षण गर्ने, वडाको योजना तर्जुमा तथा निमार्णमा जनसहभागिता गर्ने, कुलतमा फसेका युवा तथा युवतीहरुलाई खेल, रोजगारी तथा धार्मिक कार्यक्रममा सहभागिता गर्न प्रोत्साहन गर्ने, वडामा शिक्षा, स्वास्थ्य र सरसफाईको क्षेक्रमा बिशेष कार्यत्रम संचालन गर्ने, कृषी पशुपालनको क्षेत्रमा लागेका कृषकहरुलाई आवश्यक सहयोग गर्ने, वडामा जुनसुकै काम गर्दा एकलौटी तवरले काम नगरि स्थानियको राय र सहयोग लिएर काम गर्ने लगाएत वडामा जनता संग आफुले प्रतिबद्धता जाहेर गरेको दोधारा चाँदनी नगरपालिका वडा नं. २ का राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फ देखिका वडाध्यक्षका उम्मेदवार जनक सिंहले बताएका छन् । उनि सभ्य तथा सालिन ब्यक्तीकोरुपमा समाजमा परिचित रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा वडाध्यक्षका उम्मेदवार जनक सिंह साँउद सहित सदस्य पदमा नर बहादुर धामी, प्रेम सिंह भण्डारी, राधा शाहा र जयलक्ष्मी सार्कीलाई उम्मेदवार खडा गरेको छ् ।


ताजा समाचार

spot_img