दोधारा । दोधारा चाँदनीमा नेपाली कांग्रेसबाट नगर प्रमुखको उम्मेदवार हुन्, गोपाल भट्ट । महाकाली र जोगबुडा नदीको बिचमा रहेको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नदी कटान र डुबानको समस्या रहदै आएको छ् । नेपाली कांग्रेसबाट दोधारा चाँदनी नगरपालिकाको प्रमुखका उम्मेदवार भट्टले जोगबुढा नदी, १८ नं. पिल्लर कुतियाकबर क्षेत्रमा बाढी रोकथामका लागि बाँध बाध्ने पहिलो एजेण्डा बनाएका छन् । दोधारा चाँदनीका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीमै विभिन्न रोगका विशेषज्ञ डाक्टरहरु भित्र्याउने, कालोपत्रे सडक सञ्जाललाई प्रत्येक गाँउ–गाँउ, टोल–टोल सम्म बिस्तार गर्ने, छाडा चौपायाको पूर्णरुपमा व्यवस्थापन गर्ने लगाएत खेती किसानी गर्ने कृषकहरुको बालिनालीको सुरक्षाका निम्ती बाली बिमाको अवधारण समेत नगर प्रमुखका उम्मेदवार गोपाल दत्त भट्टले अघि सारेका छन् । जनता प्रति प्रतिबद्ध रहेर, जनताका हरेक दुःख पिडामा साथ दिने उनले बाचा गरेका छन् । अझै पनि बिजुली बत्ती र खानेपानीको पहुँच पुग्न नसकेका बस्तीमा आफुले निर्वाचित भएलगत्तै उक्त समस्या सदाका लागी समाप्त पारिने उनी बताउछन् । नगर क्षेक्रमा रहेका असहाय, अनाथ तथा असत्त बालबालिकाहरुका लागि कांग्रेस नेता तथा नगर प्रमुख पदका उम्मेदवार भट्टले व्यवस्थित आश्रय स्थल र गुणस्तरिय शिक्षाको बन्दोबस्त गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । खेलकुदप्रेमी तथा खेलाडीहरुका लागि वडास्तरमै खेल मैदान र प्रयाप्त खेल समाग्रीहरु उपलब्ध गराउने समेत उनले प्रतिबद्धता गरेका छन् । नगर प्रमुखकाका उम्मेदवार भट्टले दोधारा चाँदनीका युवा तथा विद्यार्थीहरुका लागि प्रत्येक वर्ष लोकसेवा तयारी सञ्चालन गर्ने, युवाहरुका लागि प्राविधिक मैक्री शिक्षा तथा कार्यत्रमहरु ल्याउने, नगरबासीहरुका लागि विभिन्न सिपमूलक कार्यक्रम तथा तालिमहरु ल्याउने, बेरोजगार युवाहरुका लागि स्वरोजगार मूलक कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका कामहरु उनले अगाडी सारेका छन् । २०४२ साल देखि नेविसंघको विद्यार्थी राजनीति थालेका मेयरका उम्मेदवार भट्ट ०४६ देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका हुन् । नेता भट्ट ०५४ मा तत्कालिन चाँदनी गाविसको उपाध्यक्ष पदमा झिनो मतान्तरले पराजित भएका थिए । दोधारा चाँदनीबाट मेयर पदका उम्मेदवार भट्ट नेपाली कांग्रेस चाँदनी गाँउ कार्य समितिको १५ वर्ष सम्म सचिव रहेर काम गरेका व्यक्ति हुन् । उनले ०४९ सालमा दोधारा चाँदनीको समग्र विकासका लागि आफ्नै संयोजकत्वमा समाज सुधारक क्लबको पनि स्थापना गरेका थिए । नेता भट्ट ३ कार्यकाल गैर सरकारी संस्था कञ्चनपुरको सदस्यमा रहेका थिए । नेता भट्ट तत्कालिन चाँदनी गाविसमा नेपाल परिवार निंयोजन संघका क्लिनिक संयोजक समेत रहेका व्यक्ति हुन् । भानु मावि लगाउतका विद्यालयमा ४ कार्यकाल सम्म व्यवस्थापन समितिमा रहि काम गरेको उनलाई अनुभव छ् । दोधारा चाँदनीमा नेता भट्टले नै पहिलो पटक जंगललाई सामुदायिक वन बनाउनु पर्छ भन्ने अभियान सञ्चालन गरेका थिए । त्यो अभियानले पछि पूर्णता पायो । कांग्रेस नेता तथा दोधारा चाँदनीको मेयर पदका उम्मेदवार भट्ट तत्कालिन निरंकुश शाही शासन बिरुद्ध २०६२/०६३ को जनआन्दोलन घाइते पनि हुन् । नेपालमा प्रजातन्त्र स्थापनाका लागि नेता भट्टले जेल नेल खेपेका थिए । नेपाली कांग्रेसको १० औं महाधिवेशनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट भट्ट क्षेत्रिय सह–सचिवमा विजय भएका थिए । पार्टीको ११ औं महाधिवेशनबाट उनी जिल्ला सदस्य, १२ औं महाधिवेशनबाट उनी चाँदनी गाँउ कार्यसमितिको सभापतिमा चयन भएका थिए । १३ औं महाधिवेशनमा नेता भट्ट कञ्चनपुर क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिको सभापतिमा विजय भए । १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि हुदै हाल उनी नेपाली कांग्रेसको सुदूर पश्चिम कार्यसमितिको सह–महामन्त्री हुन् । यहि बैशाख ३० गते हुाने स्थानीय निर्वाचनका लागि कांग्रेस सह–महामन्त्री भट्टलाई पार्टीले दोधारा चाँदनी नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनाएको हो ।







