कञ्चनपुर: बसोबास बिहिन भएका कञ्चनपुरका आरक्षपीडितलाई काँग्रेस नेता एनपी साउदले साथ दिएका छन । बसोबासको उचित व्यवस्थापन खोज्दै आएका आरक्षपीडितलाई काँग्रेस नेता साउदले साथ दिएको काँग्रेस कञ्चनपुरका युवा नेता सिरोमणी कुमार ओझा (सुर्य)ले बताए ।

‘आरक्षपीडित आश्रय स्थल खोज्दै आएका थिए, ‘काँग्रेस नेता ओझाले भने, ‘उनीहरुलाई केही सामुदायिक वनकर्मीले लखेटे सडकमा पुगेका पीडिताई नेता साउदले उचित व्यवस्थापनका लागि पहल गर्ने बचन दिएपछि उनीहरु फर्किए, ‘आजको समस्या ट¥यो ।

’ पुर्वमन्त्री समेत रहेका एनपी साउदले पीडितको उचित बसोबासका लागि सोमबार प्रशासनमा सर्वदलिय बैठक बोलाएर समस्या बारे निचोड निकाल्ने आश्वासनपछि पीडितहरु सडकबाट बाहिरिएका छन । ०५८ सालमा हालकै प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्री भएका बेला विस्थापित कञ्चनपुरका आरक्षपीडितको पुर्नस्थापना नहुँदा उनीहरुको महाविचल्ली भएको छ ।







