स्वतन्त्र समुहका दोधारा चाँदनी मेयरका प्रत्यासी कुमालको चुनावी एजेण्डा


दोधारा । दोधारा चाँदनीमा भिम कुमाल नेतृत्वको समुहले कैची चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको छ् । स्वतन्त्र समुहले मेयर, उपमेयर सहित वडामा वडाध्यक्ष गरि ५२ जना उम्मेदवार खडा गरि घरदैलोमा पुग्न थालेको छ् । स्वतन्त्र समुहबाट मेयर पदका उम्मेदवारमा भिम कुमाल प्रतिष्पर्धामा उतारेको छन् । उम्मेदवार कुमाल सहित स्वतन्क्र समुहका नेता तथा कार्यकर्ता घरदैलो कार्यत्रममा ब्यस्त रहेका छन् । उम्मेदवार कुमालले बर्षौ देखि डुवानको समस्या झेलिरहेको नगरपालिका क्षेत्रको कुतियाकवर, बैतिफाँटा, शान्ती टोल, सुन्दरनगर लगाएत बस्तीमा बाढी रोकथामका लागि पक्की बाँध बाध्ने पहिलो एजेण्डा रहेको बताएका छन । वर्षयाममा बाढीको कारण मच्चाउदै आएको त्राही आफ्नो मनमा बिझेको उनले बताए । नगरपालिकामा रहेको सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र विशेषज्ञ डाक्टरहरु भित्र्याउने, कालोपत्रे सडक सञ्जाललाई प्रत्येक टोल –टोल सम्म बिस्तार गर्ने, छाडा चौपायाको पूर्णरुपमा व्यवस्थापन गर्ने लगाएत खेती किसानी गर्ने कृषकहरुको बालिनालीको सुरक्षाका निम्ती बाली बिमाको अवधारण समेत नगर प्रमुखका उम्मेदवार भिम कुमालले अघि सारेका छन् । जनता प्रति प्रतिबद्ध रहेर, जनताका हरेक दुःख पिडामा साथ दिने उनले बाँचा गरेका छन् । कोरोना संक्रमणको कारण उब्जेको समस्यामा दोधारा चाँदनी नगरपालिकाका स्थानियहरुलाई सघाउदै आएका बताउदै आफुले चुनाव जिते जनताको सेवा सदा समर्पित हुने बताएका छन् । अझै पनि बिजुली बत्ती र खानेपानीको पहुँच पुग्न नसकेका बस्तीमा आफुले निर्वाचित भए लगत्तै उक्त समस्या सदाका लागी निर्मुल गर्ने उनले बताए । साथै नगरपालिका क्षेत्रमा मौलाउदै गएको भ्रष्टाचारलाई पुर्णरुपमा निर्मुल गर्ने आफ्नो पहिलो कार्य रहेको प्रतिबद्धता जाहेर गरेका छन् । नगर क्षेक्रमा रहेका असहाय, अनाथ तथा असत्त बालबालिकाहरुका लागि उम्मेदवार कुमालले व्यवस्थित आश्रय स्थल र गुणस्तरिय शिक्षाको बन्दोबस्त गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । खेलकुदप्रेमी तथा खेलाडीहरुका लागि वडा स्तरमै खेल मैदान र प्रयाप्त खेल समाग्रीहरु उपलब्ध गराउने समेत उनले प्रतिबद्धता गरेका छन् । युवा तथा विद्यार्थीहरुका लागि प्रत्येक बर्ष लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने, युवाहरुका लागि प्राविधिक मैक्री शिक्षा तथा कार्यत्रमहरु ल्याउने, नगर शिक्षक घोषणा गर्ने, नगरबासीहरुका लागि विभिन्न सिपमूलक कार्यक्रम तथा तालिमहरु ल्याउने, बेरोजगार युवाहरुका लागि स्वरोजगार मूलक कार्यक्रमहरु सञ्चालन गर्ने लगाएतका कामहरु उनले अगाडी सारेका छन् ।


ताजा समाचार

spot_img