दोधारा चाँदनी–६ मा उम्मेदवार बस्नेत घरदैलो कार्यक्रममा ब्यस्त


दोधारा । नेकपा एमालेले दोधारा चाँदनी–६मा घरदैलो कार्यक्रमलाई थप सशक्त बनाएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा नेकपा एमालेको वडाध्यक्षका उम्मेदवार ओंम बस्नेतको नेतृत्वमा एक साता देखि घर दैलो कार्यक्रम संचालन गर्दै आएका छन् । वडाका सबै बस्ती तथा टोलमा घर दैलो गरि मतदाता संग भेट गरि स्थानिय निर्वाचनमा राम्रो ब्यक्तीलाई जिताउन समेत उनिहरुले आग्रह गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा नेकपा एमालले वडाध्यक्षमा ओंम बस्नेत, वडा सदस्यमा टोप बहादुर शाही (गणेश), गणेश बहादुर मगर, चाँदनी कुमारी सुनार र सपना रानालाई उम्मेदवारी दिएको छ् । सबै जना उम्मेदवार वडामा सभ्य तथा सालिन ब्यक्तीहरु हुन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ को नेकपा एमालेको प्रचार–प्रसार बिभागका संयोजक बिरेन्द्र खड्काका अनुसार वडामा एमालेलाई जिताउने अभियाननै सुरु भएको बताएका छन् । यस पटक वडामा रहेका नेकपा एमालेका सबै उम्मेदवार बहुमतले जित्ने पक्का भएको प्रचार–प्रसार बिभागका संयोजक खड्काले बताए । दोधारा चाँदनी नगरपालिका–६ मा ओंम बस्नेत एक सशक्त उम्मेदवार हुन् ।


ताजा समाचार

spot_img