दोधारा । स्वतन्त्र समुहबाट दोधारा चाँदनी नगरपालिकामा पार्वती राना मगरले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । उनले सामाजसेवी भिम कुमालले नेतृत्व गरेका सवतन्त्र समुहबाट नगरको उपमेयर पदमा उम्मेदवारी दिएकी हुन् । लामो समय उनले महिला, बालबालिका तथा युवाको क्षेत्रमा काम गरेकी छन् । बिभिन्न संघ–संस्थामा आबद्ध भई बालविवाह, छाउपडी प्रथा, लैंगिक हिंसा, महिला अधिकार, किशोर किशोरीको पक्षमा वकालत गर्दै आइरहेकी थिइन् । ‘लामो समय सामाजिक क्षेत्रमा काम गरे । नजिकको सरकारको सहयोगीको रुपमा काम गरेकाले सरकार कसरी चलाउन सकिन्छ भन्ने अनुभव छ्’ उपप्रमुखका उम्मेदवार पार्वती राना मगरले भनिन्, ‘सिंगो नगरपालिका सामाजिक विकृती मुक्त बनाउनका लागि मेरो उम्मेदवारी हो ।’ उनले केन्द्रबाट आउने रकम दीर्घकालीन लाभ हुने कार्यमा लगाउदै स्थानीय स्रोत र साधनको भरपुर सदुपयोग गर्ने र नगरलाई हरेक हिसाबमा आत्मनिर्भर बनाउने सोच रहेको बताईन् । उनले भनिन्, ‘केन्द्र र प्रदेश सरकार सधैं आर्थिक हिसाबले सशक्त हुन्छ भन्ने पनि छैन् । आर्थिक संकट चुलिदो अवस्थामा छ् । स्थानिय स्रोतहरुको सदुपयोग गरेर नगरको आम्दानी बढाउने कार्य प्राथमिकतामा पर्नेछ ।’ उनले नगर आर्थिक रुपमा आत्मनिर्भर हुने बित्तिकै नगर भिक्रका व्यत्ति बलियो हुने, व्यक्ति बलियो हुनु भनेको गरिबीको अन्त्य हुनु हो । उनले थपिन्, ‘गरिबीको अन्त्य हुने बित्तिकै हरेक विकृति विसंगति आफैं निर्मूल हुनेछ् । युवा, महिलालाई रोजगार पक्का हुन्छ् । बाल अधिकारका क्षेत्रमा काम गर्न सहज हुनेछ ।’ उम्मेदवार पार्वती राना मगरले भने । स्थानिय सरकार भ्रष्टाचारमा मुछिएको अवस्थामा रोकथाम गर्नु आफ्नो पहिलो योजना रहेको उनको भनाई रहेको छ् ।







