दोधारा चाँदनीमा मेयर र उपमेयर पदमा कस्ले मार्ला बाजी ?


दोधारा । बैशाख ३० गते हुने निर्वाचनको लागी दोधारा चाँदनी नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ८ जना मेयर ८ जना उपमेयर पदको उम्मेदवारी दिएका छन् । उम्मेदवारीमा दिनेमा नेपाली काग्रेंस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, नेपाल मजदुर किसना पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र स्वतन्त्रका उम्मेदवारहरु रहेका छन् । नेकपा एमालेबाट मेयर पदमा किशोर कुमार लिम्बु, नेपाली काग्रेंसबाट गोपाल दत्त भट्ट, नेकपा माओबादी केन्द्र निरु देबि कामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भगीरथ भट्ट, नेपाल मजदुर किसान पार्टीबाट मिनु गिरी, राष्ट्रिय जनमुक्ती पार्टीबाट फगुनेराम दमाई, स्वतन्त्रका उम्मेदवारमा भिम कुमाल र कृष्ण प्रसाद जोशी मेयर पदमा उम्मेदवारी दिएका छन् । यस्तै उपमेयर पदका लागी नेकपा एमालेबाट खिमा चन्द, नेपाली काग्रेंसबाट गंगा जोशी, नेकपा माओबादी केन्द्रबाट भरत दत्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रिसु कुमारी सुनुवार, नेपाल मजदुर किसान पार्टीबाट मञ्जु रोकाया, राष्ट्रिय जनमुक्ती पार्टीबाट शान्ती सुनार, स्वतन्त्रबाट पार्वती राना मगर र धन बहादुर शाही रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ् ।


ताजा समाचार

spot_img