दोधारा चाँदनी नगरपालिकामा मनोनयन दर्ता उत्साहजनक (फोटो फिचर)


दोधारा । बैशाख ३० गते हुने निर्वाचनको लागी दोधारा चाँदनी नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा हिजोको भन्दा आज उम्मेदवारी दिनेको घुईचो लागेको छ् । दलहरुले आफ्नो नेता, कार्यकर्ता समर्थकहरु लिएर निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न र्याली सहित पुगेका थिए । पहिलो दिन नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले उम्मेदवारी दर्ता गराएको भएपनि दोस्रो दिन नेपाली काग्रेंस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओबादी केन्द्र र स्वतन्त्र समुहले उत्साहपुर्वक उम्मेदवारी दर्ता गराएको दोधारा चाँदनी स्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ् ।


ताजा समाचार

spot_img