समाजसेवी खेलकुद प्रेमी युवा नेता थापाको वडा अध्यक्षमा उम्मेदवारी


कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको खेलकुद विकासमा दिनरात नभनेर खटिने समाजसेवी खेलकुद प्रेमी युवा नेताले वडा अध्यक्षको लागि उम्मेदवारी दिएका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि धनगढी उपमहानगरपालिका वडा न.१२ को वडाध्यक्षको उम्मेदवारका लागि कैलाली जिल्ला फुटबल संघका निवर्तमान कोषाध्यक्ष एवम् मनकामना यूवा क्लवका अध्यक्ष डबल बहादुर थापालाई वडा अध्यक्षका लागि नेपाली कांग्रेसले उनलाई अगाडि सारेको हो।

खेलकुद क्षेत्र देखि लिएर युवा व्यवसायी समेत रहेका थापा नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका वडा न.१२ का सभापती समेत हुन। उनी आफ्नो समग्र वडाको समृद्धि बिकासका लागि निरन्तर साथ सहयोग गर्दै आएका एक युवा विकास प्रेमी युवा नेता हुन। आफ्नो क्षेत्रको विकासमा चिन्ता गर्ने एवम् समग्र वडा बासिन्दा , युवाहरुको सुखदुःख का सारथी समेत हुन युवा नेता थापा।

स्थानीय तहको चुनावको माहोल चौतर्फी रोचक बन्दै गएको छ। जसमा युवा नेता थापाले नेपाली कांग्रेस बाट वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएपछि उनलाई सामाजिक संजाल देखि लिएर प्रत्यक्ष भेटेर समेत अग्रिम जितको शुभकामना समेत दिएका छन् । उनले वडा अध्यक्षको टिकट पाउदा वडा बासी र समग्र युवाहरु खुसीका साथै हर्षित भएका छन् ।

वडा नं १२ वडाध्यक्ष डबल बहादुर थापा सदस्यमा महेन्द्र खड्का, धना जोशी,जानकी विश्वकर्मा र सीताराम डगौरा थारु टिममा उम्मेदवारी दिएका छन् ।
वार्ड नं. १२ का सम्पूर्ण मतदाताले माया ममता र विश्वासका साथ आफ्नो टिमलाई अत्यधिक मतदान साथ विजय गराउनका लागि सम्पुर्ण वडा बासिलाई आग्रह समेत गरेका छन् ।


ताजा समाचार

spot_img