दोधारा । दोधारा चाँदनी नगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सामाजिक अभियन्ता तथा ब्यवसायी कृष्ण प्रसाद जोशी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । दोधारा चाँदनी नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय पुगेर जोशीले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ता गराउदै जोशीले दोधारा चाँदनी नगरपालिकाको विकासलाई नयाँ उचाईमा पुर्याउनु आफ्नो लक्ष्य रहेको बताए । उनले राजनीतिक दलहरुलाई विकास भन्दा पनि राज्यको श्रोत साधनको दुरुपयोग गर्दै बाँडिचुडी खाने प्रवृत्ति रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न पनि आफूले उम्मेदवारी दिएको बताए । आफूले जितेमा दोधारा चाँदनी नगरपालिकालाई मोडेल शहरका रुपमा चिनाएर देखाउने उनको दाबी छ् । नगर क्षेत्रमा शिक्षालाई सरोकारवालाले खासै महत्व नदिएको भन्दै शिक्षा जस्तो संबेदनशिल कुरा मानव जिवनको आधारभुत आवश्यकतालाई आफुले गम्भिरताका साथ लिएको उनले जोड दिएका छन् ।







