दोधारा चाँदनीमा काग्रेंसका नेता धन शाही स्वतन्त्रबाट उपमेयर पदमा उम्मेदवारी


दोधारा । नेपाली काग्रेंस दोधारा चाँदनीका नेता धन बहादुर शाही स्वतन्त्रबाट उपमेयर पदका उम्मेदवारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आज काग्रेंसका नेता धन बहादुर शाहीले स्वतन्त्रबाट उपमेयर पदमा आफ्नो उम्मेदवारी दिएका छन् । उनि संगै स्वतन्त्रबाट कृष्ण प्रसाद जोशीले स्वतन्त्रबाट मेयर पदको उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ् । नेपाली काग्रेंसको तत्कालिन दोधारा गाबिसको सभापती, काग्रेंस पुर्व जिल्ला सदस्य, पुर्व महाधिबेशन प्रतिनिधी र हाल क्षेत्रिय प्रतिनिधी रहेर पार्टीमा काम गरेको नेता शाहीले बताएका छन् । पार्टीमा आफ्नो कुनै मुल्यांकन नभएको कारण स्वतन्त्रबाट उम्मेदवारी दिएको नेता धन बहादुर शाहीले बताएका छन् ।


ताजा समाचार

spot_img