दोधारा , दोधारा चाँदनी नगरपालिकामा दलगत सर्वसम्मत उम्मेदवार जनताको घर दैलोमा पुग्ने चहलपहल बढदै गईरहेको छन् । सर्वसम्मत भएकाहरु आफ्नो क्षेत्रमा राती, दिउसो जनताहरु संग भेट गर्ने र आफुलाई भोट दिन आग्रह गर्दै हिडेका छन् ।

यसै क्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा बिद्यार्थी नेता ओम बस्नेत बस्ती तथा टोलमा स्थानियहरु संग भेट गर्ने जारी राख्दै आएका छन् । गएको स्थानिय निर्वाचनमा झिनो मतले नेता बस्नेतले पराजय ब्यहोर्नु परेको थियो । मतदानको दिन वस्नेतलाई मातृ शोक परेको थियो । यस पटक भने नेता बस्नेतको वडामा दरो उपस्थिती रहेको देखिन्छ् । उनले घर दैलो कार्यक्रममा भ्रष्टाचार रहित समाजको निर्माण दिगो र सन्तुलन विकास बालबालिका, बृद्ध, अपांग, एकल महिला लगाएत पछि परेका बर्ग समुदायलाई न्याय र सम्मान दिलाउदै वडालाई समृद्ध र बिकसित तथा नमुना वडा बनाउने अठोट लिएकोले जनता संग हाम्रालाई भन्दा राम्रा, कर्मठ, उर्जाशिल युवालाई भोट दिई आफ्नो मतको सदुपयोग गर्न अनुरोध गर्दै आएका छन् ।

सांच्चिकै दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा किरण छर्न सक्ने खुबी भएको असल र ईमान्दार उम्मेदवार बिद्यार्थी नेता ओंम बस्नेत भएकाले वडाका युवाहरुले नेता बस्नेतको साथ दिने प्रतिवद्धता जनाएको वडाका प्रचार प्रसार संयोजक बिरेन्द्र खड्काले बताएका छन् । ‘मेरो उम्मेदवारी युवा र पहुँच नभएका जनताका लागि हो’ नेता बस्नेतले भने । बस्नेत अनेरास्ववीयु कञ्चनपुर जिल्लाका पुर्व अध्यक्ष, जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष, नेकपा एमाले कञ्चनपुर जिल्ला सदस्य, मदन भण्डारी केन्द्रिय स्पोर्टस एकेडेमीका केन्द्रिय सदस्य, अनेरास्ववीयु केन्द्रिय सचिवालय सदस्य रहेर पार्टीमा काम गरेका हुन् ।

वडामा रहेका दलित, जनजाती, गरिब तथा बिपन्न समुदायको उत्थान, युवाहरुलाई खेलकुदमा प्रेरित, स्वास्थ्य सेवा सुबिद्या, वडाका दिनदुखी, बिपन्न वर्ग, अशायहरुका लागी आपतकालिन सेवा तथा सहयोग र सबैमा निशुल्क शिक्षा तथा पहुँच उनले प्रतिबद्धता ब्यक्त गरेका छन् । यसै गरि उनका एजेण्डाहरुमा कुनै पनि योजनाहरु बाडाफाँड गर्दा जनताका राय, सल्लाहलाई मध्यनजर गर्दै काम गर्ने, वडामा नश्ल सुधार, पशु कृत्रिम गर्वाधान, किसानलाई निशुल्क सेवा प्रदान, वडामा ब्यवसाय तरकारी खेती गर्ने किसानलाई निशुल्क विउ विजन बितरण गरिने, वडा अर्न्तगतका विकास निर्माणका अधुरा कामहरुलाई ५ बर्ष भित्र पुरा गर्ने, ५ बर्ष भित्रमा वडा भित्र शिक्षा, स्वास्थ्य, पक्की सडक तथा कृषिलाई पूर्ण रुपले विकास गरि नमुना वडा बनाउने रहेका छन् । ‘कुनै ठाँउलाई समृद्धि र अध्यारोवाट उज्यालोमा परिणत गर्नका लागि शिक्षा पहिलो स्थानमा राख्दै म, मेरो वडामा शिक्षाबिद्य, शिक्षक ज्यू, ब्यबस्थापन समिती संग प्रत्येक ६ महिनामा बैठक बसेर नमुना बिद्यालय बनाउन योजना तर्जुमा गर्ने छु’ उनले भने ।
भ्रष्टचारीहरुलाई परास्त गर्ने र समाजको चौतर्फी विकासका लागि मेरो उम्मेदवारी रहेको नेता ओंम बस्नेतले बताए । उनले आफ्नो वडामा गुठी संस्थानहरुको उचित ब्यबस्थापन गर्ने, युवाहरुको लागी बिभिन्न युवा सम्बन्धि खेलकुदका कार्यक्रम, वडाको समृद्धि विकासका लागि बिभिन्न राजनितिक दलहरुका अग्रज, समाजका अग्रज ब्यक्तिहरु संग समय–समयमा बिशेष छलफल गरि अगाडी बढ्ने र हाल सम्म नगर क्षेत्रका जनप्रतिनिधीद्धारा कुनै पनि कुरामा आर्थिकको पार्दशिता नरहेकाले आफुवाट आर्थिक पार्दशिता उचित राख्ने उनले प्रतिबद्धता जनाएका छन् ।






