कञ्चनपुर: जिल्ला फुटबल संघको पहिलो बैठकले महासचिवमा रावल लाई सर्वसम्मत मनोनीत गरिएको छ।
जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बैठक बाट युवा समाजसेवी लामो समय देखि खेलकुद विकासका लागि अग्रसर रहदै आएका फुटबल संघका सदस्य एवं कञ्चन समाजका सदस्य समेत रहेका नितश रावल लाई महासचिवमा सर्वसम्मत पहिलो बैठकबाट मनोनीत गरिएको फुटबल संघका उपाध्यक्ष रमेश चन्दले बताउनु भएका छन् ।
उनका अनुसार जिल्ला फुटबल संघको कोषाध्यक्षमा पुनः दोस्रो कार्यकालका द ग्यालेक्सी तुथ क्लबका सदस्य महेश दत्त जोशीलाई मनोनीत गरिएको हो।
अखिल नेपाल फुटबल संघ(एन्फा) को विधान अनुसार महासचिव र कोषाध्यक्ष मनोनीत गर्नु पर्ने भएकाले पहिलो बैठकबाट मनोनीत गरिएको र आजका मिति देखि नवनिर्वाचित कार्यसमितिले पुर्णता समेत पाएको छ। उपाध्यक्ष चन्दले बताए।
अध्यक्षमा गणेश बहादुर चन्द उपाध्यक्षमा क्रमश रमेश चन्द ,दाउत तामाङ र केशव चन्द महासचिवमा नितेश रावल कोषाध्यक्षमा महेश दत्त जोशी सदस्यहरु मा कमलेश सिंह,दिपक सिंह बोहरा ,प्रजापति भट्ट , बलबहादुर जागरी , भीमबहादुर चन्द , महेश चन्द , राज प्रताप सिंह, सुक बहादुर तामाङ , शंकर चन्द ,खुला महिला सदस्य हेलन श्रेष्ठ र महिला सदस्य महेन्द्रा भट्ट सहित १३ सदस्य कार्यसमिति रहेको छ। फुटबल संघमा जिल्लाका १३ सदस्य क्लब आवद्ध रहेका छन् ।
बैशाख १ गते कञ्चनपुर जिल्ला फुटबल संघको ६ औं जिल्ला साधारणसभा तथा अधिवेशनबाट भब्यताका साथ सम्पन्न भएको थियो।







