नेविसंघद्वारा पुनर्वासमा दिप प्रज्वलन

पुनर्वास: कंचनपुरको पुनर्वास नगरपालिका -३, आई.बी.आर.डी. बजारमा दिप प्रज्वलन गरेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा कंचनपुर क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीले शुभकामनासंगै दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो । नेविसंघ सुदुरपश्चिम क्याम्पसकि उपसभापति गोमा अर्यालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेविसंघ पुर्वाञ्चल विश्व विद्यालयका केन्द्रिय उपाध्यक्ष यज्ञ खड्का थिए । प्रमुख अतिथीको तर्फबाट बोल्दै खड्काले नेविसंघ देशमा आमूल परिवर्तनका लागि नेता उत्पादन गर्ने एक संस्था भएको बताए ।No description available.

नेवि संघले शैक्षिक सुधारको लागि खबरदारी मात्र नभएर सामाजिक सुधार र राजनितिक खबरदारी पनि गर्ने गरेको उनको तर्क छ । उनले काङ्ग्रेस आफैमा सक्षम पार्टी भएकाले आउँदै गरेको स्थानीय तहमा यस क्षेत्रमा कसैसंग गठबन्धन गर्न आवश्यक नभएको जानकारी दिए । बेलौरी महाकाली क्याम्पस ईकाई कमिटी सभापती अशोक शाहको स्वागत मन्तव्य रहेको उक्त दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुर्ब कंचनपुर जिल्ला पार्टी उपसभापति बन्धु राना ,पुर्ब नगर सभापति यमप्रसाद पौडेल ,महाधिवेशन प्रतिनिधि तुला राना ,प्रदेश `क´ पार्टी सभापति मानबहादुर रोकाया,नगर उपसभापति खगेन्द्र ओझा,नगर उपसभापति नगेन्द्र श्रेष्ठ ,नगर सचिव परी रावल, नेता नवीन शर्मा लगायतका नेतागणहरु सहभागी थिए ।No description available.

ताजा समाचार