दोधारा । दोधारा चाँदनी नगरपालिकामा निर्धन उत्थान लघुउद्यमी संस्थाले बिद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गरेको छ् । आज दोधारा चाँदनी नगरपालिकामा संचालन गरेको ३ दिने बाख्रा पालन तालिम कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका अभिषेक रोकाया र ज्योति जोशीलाई छात्रबृत्ति दिईएको निर्धन उत्थान लघुउद्यमी संस्था शाखा कार्यालयले जनाएको छ् । संस्थाले प्रत्येक शाखामा आबद्ध भएका सदस्यहरुका छोरा र छोरी मध्येवाट प्रत्येक वर्ष १२ कक्षा उर्त्तीण गरेका छात्र र छात्रालाई उच्च शिक्षामा निरन्तरता दिन थप प्रोत्साहन र हौसला दिने उदेश्यले छात्रवृत्ति फ्रदान गर्दै आईरहेको छ् । यसै क्रममा बित्रम सम्वत २०७८ मा १२ कक्षा उत्तीर्ण गरेका शाखाका सदस्यहरुका छोरा, छोरी मध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र र छात्रा गरि दुई जना विद्यार्थीहरुलाई संस्थाले छात्र तर्फ दोधारा चाँदनी–८ अर्न्तगत देउराली महिला समाज केन्द्र नं. १ सय ७ का सदस्य गिता रोकायाका छोरा अभिषेक रोकायालाई र छात्रा तर्फ दोधारा चाँदनी–५ अर्न्तगत बिष्णु नगर महिला समाज केन्द्र नं. २६ की सदस्य पुष्पा देबी जोशीका छोरी ज्योति जोशीलाई जनही रु. ६ हजारका दरले कुल रकम रु. १२ हजार सहित प्रमाण पत्र अभिषेक रोकाया र ज्योति जोशीलाई दोधारा चाँदनी नगरपालिका का नगर प्रमुख बिर बहादुर सुनार र नगर उपप्रमुख चिनी गिरी ओझाद्धारा संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।







