भीमदत्त नगरपालिका वडा न. २ ले पाँच बर्ष अवधीमा गरेका उपलब्धि सार्वजनिक 

जनताको साथ सहयोग मिल्यो भने पुन: आगामी पाँच वर्षको लागि चुनाव लड्ने : वडा अध्यक्ष कार्की


कञ्चनपुर : भीमदत्त नगरपालिका २ नम्बर वडामा पाँच बर्षको अवधिमा दर्जनौँ योजना सम्पन्न भएका छन । भौतिक पुर्वाधारदेखि मानविय जनशक्तिका योजना सम्पन्न भएका छन ।

शनिबार भीमदत्त नगरपालिका २ नम्बर वडाले पाँच बर्षको अवधिमा सम्पन्न भएको र चालु अवस्थामा रहेका योजना पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

उत्तरमा पुर्वपश्चिम महेन्द्रराजमार्गसंगै जोडिएको भीमदत्त नगरपालिका २ले पुर्वाधारदेखि वडाका विपन्न नागरिकलाई दक्ष बनाउने सिप सिकाएको छ ।

भीमदत्त नगरपालिका २ का युवा वडाध्यक्ष डम्बर कार्की(डिके)को नेतृत्वको जनप्रतिनिधीले वडाको दिगो विकास निर्माणका योजना सम्पन्न भएको जनाएको छ ।

२ नम्बर वडामा भौतिक पुर्वाधार, स्वास्थ्य शिक्षा, यातायात, खानेपानी, कृषि, श्रमसीप लगायतका क्षेत्रमा उपलब्धी भएका छन । स्थानीय नागरिकबाट २ कट्टा जमिन प्राप्त भएको थियो। जसमा दुई तले पक्की भवन निर्माण गरि कार्यालय संचालन गरिएको ल्याएको छ।

पाँच बर्षको अवधिमा वडामा पूर्वाधार सडक तर्फ ९ किलोमिटर कालोपत्रे, ३० किलोमिटर ग्राभेल र ४ किलोमिटर पानीपिच, ८ किलोमिटर ट्याक खोल्ने काम भएको छ । ‘विगतमा कालोपत्रे नभएका सडक कालोपत्रे गरिएका छन, ‘वडाध्यक्ष कार्कीले भने, ‘नखुलेका सडकको ट्याक खोल्ने काम ग्राभिल गरिएका सडक पानीपिच, पानी विच गरिएका सडक कालोपत्रे गछौँ ।’ भाँसीखोला र कांगला खोलाबाट उर्बराखेती जोगाउन १.५ किलोमिटर तटबन्ध गरिएको छ ।

बिकासले गति लिएको वडामा ५५ स्थानमा ह्युमपाईप निर्माण, ९ कल्र्भट निर्माण, बेदकोट नगरपालिका वडा नम्बर ९ जोड्ने कनकट्टी खोलामा पुल निर्माणका लागी ठेक्का प्रकृयामा रहेको छ । वडामा विद्यमान अव्यवस्थित विद्युतको समस्या हटाउँदै उज्यालोका लागि सडक बत्ति समेत जडान गरिएका छन ।

स्वास्थ्य सेवा प्रवाहका लागि आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य जारी रहेको र वडाबाटै १० हजार ८ सय नागरिकलाई स्वाथ्य सेवा प्रदान गरिएको छ। जसमा ३ सय ३५ महिलालाई परिवार नियोजन सेवा, २ सय ६४ घर परिवारलाई झुल वितरण, ८ हजार ६ सय ६४ जनालाई कोरोना महामारी बिरुद्ध खोप र १ हजार ४ सय ७८ जनालाई टाईफाई बिरुद्धको खोप लगार्ईएको जनाएको छ।

जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि खानेपानीको योजना निर्माण गरिएको छ । ३१किलोमिटर खानेपानीको पाईप विस्तार गरेर वितरण अन्तिम चरणमा पुगाईएको वडामा रहेको एक मात्र सामुदायिक सरस्वती मावि विद्यालयको भौतिक पुर्वाधार एव गुणस्तरिय शिक्षाका लागि थुप्रै योजना लागु गरिएका छन । १० कोठे आधुनिक पक्की भवन मध्ये ४ कोठा निर्माण र ६ निर्माणाधिन अवस्थामा रहेका छन । विद्यालयमा शुद्ध खानेपानी, विज्ञान प्रयोगशाला, पुस्तकालय, विपन्न विद्यार्थीलाई छात्रवृति वितरण,खेल समाग्री वितरण, अतिरिक्त कृयाकलाप, विद्यालयमा स्मृति पार्क निर्माण गरिएको छ ।

जेष्ठ नागरिकको हौसला प्रदानका लगि अनुभव आदान प्रदान भ्रमण गराईएको छ । स्वस्थ वडा निर्माणका लागि नागरिकलाई निःशुल्क योग संचालन, वडामा रहेका थारु पहाडी समुदायको लोक संस्कृति जोर्गेना गर्न उत्प्रेरित कार्यक्रम संचालन गरिएका छन । जनता आवास कार्यक्रम अन्र्तरगत विपन्न परिवारको घरमा टिनको छानो निर्माण गरिएको छ । भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व हस्तान्तरणका लागि समेत कामकाज अघि बढेको उनले बताए । अति विपन्न एव १ सय १० युवाहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउन विभिन्न सीपमुलुक तालिम प्रदान गरिएको छ ।

कृषि क्षेत्रको विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लागु गरेर किसानलाई व्यवसायीक कार्यतर्फ उन्मुख गराईएको छ । किसानलाई सीपयुक्त तालिमदेखि अनुदानका कार्यक्रम वितरण गरिएका छन । वडाले आर्थिक, समाजिक, साँस्कृतिक क्षेत्रमा थुप्रै उपलब्धी प्राप्त गरेको अध्यक्ष कार्कीको दावि छ । ‘हामीले जति विकास गरौँला सोचेको थिए, विवित कारणबाट त्यो पुरा गर्न सकेका छैनौँ, ‘अध्यक्ष कार्कीले भने दुई बर्ष लगातार कोरोना महामारी त्यसैमा माथिबाट आवश्यकता अनुसार बजेट पाईएन ।’ राजनीतिक, नागरिक स्तरबाट पाईएको सहयोगबाट थुप्रै योजना अघि बढेको उनले बताए ।

चालु आर्थिक बर्ष २०७८÷०७९मा वडाले चैत्र मसान्त सम्ममा ११ लाख १७ हजार, ४ सय ४१ रुपैया आन्तरिक राजस्व संकलन भएको छ । निरन्तर वडा कार्यालयले जनप्रतिनिधि र जनताको माझमा नजिकै बाट कार्य गर्न अवसर मिलेको थियो। अबका आगामी चुनावमा पनि वडाको प्रतिनिधित्वमा पुन : वडा अध्यक्षमा लड्ने जमर्को छ ,जो सबै जनताको सुझाव सल्लाह अनुसार मेरो उम्मेदवारी घोषणा हुने छ। वडा अध्यक्ष कार्कीले भने ।

जनप्रतिनिधि निर्वाचित भएपछि पाँच वर्षको उपलब्धि भने भौतिक पुर्वाधार तिर भएको देखिन्छ। जसमा बाटोघाटो ,पुल निर्माण लगायत रहेका छन् ।


ताजा समाचार

spot_img