कञ्चनपुर : जिल्ला फुटबल संघको अध्यक्षमा पुन: चन्द निर्वाचित भएको छन् ।

कञ्चनपुर जिल्ला फुटबल संघको छैटौं साधारण सभा तथा जिल्ला अधिवेशन बाट अध्यक्षमा पुन: गणेश बहादुर चन्द निर्वाचित भएका हुन। उनले आफ्नो प्रतिद्वन्दी भीमबहादुर थापालाई हराउदै अध्यक्षमा निर्वाचित भएको निर्वाचन संयोजक उमेश प्रसाद बिष्टले बताएका छन् ।

उनका अनुसार अध्यक्ष पदमा गणेश बहादुर चन्द र भीमबहादुर थापा दुई जनाको उम्मेदवारी परेको जसमा खसेको १३ मतमा गणेश बहादुर चन्द ११ मत प्राप्त गरि निर्वाचित भएका हुन। उपाध्यक्षमा चार जनाको उम्मेदवारी जसमा तीन जना रमेश चन्द ,दाउत तामाङ र केशव चन्द बिजय भएका छन।
सदस्यहरु मा कमलेश सिंह,दिपक सिंह बोहरा ,प्रजापति भट्ट , बलबहादुर जागरी , भीमबहादुर चन्द , महेश चन्द , राज प्रताप सिंह, सुक बहादुर तामाङ , शंकर चन्द ,खुला महिला सदस्य हेलन श्रेष्ठ र महिला सदस्यमा महेन्द्रा भट्ट निर्वाचित भएका छन् ।

निर्वाचन मण्डलले निर्वाचित अध्यक्ष चन्दलाई सपथ ग्रहण गराउनु भएक छ। भने निर्वाचित कार्यसमिति लाई नवनिर्वाचित अध्यक्षले सपथ ग्रहण गराउनुका साथै शुभकामना समेत दिनु भएको थियो।
साधारण सभा तथा जिल्ला महाधिवेशनमा सर्वसम्मत नभए पछि चुनावी प्रक्रियामा गएको हो।
जम्मा खसेको कुल मत संख्या १३ र सदर मत १३ नै रहेको जसमा फुटबल संघमा आवद्ध १३ क्लबले मत दान गरेका हुन।
साधारण सभा तथा जिल्ला महाधिवेशनमा सर्वसम्मत नभए पछि चुनावी प्रक्रियामा गएको हो।
जम्मा खसेको कुल मत संख्या १३ र सदर मत १३ नै रहेको जसमा फुटबल संघमा आवद्ध १३ क्लबले मत दान गरेका हुन।
जिल्ला अधिवेशनका लागि तीन सदस्य निर्वाचन मण्डल गठन गरिएको थियो। जसमा निर्वाचन संयोजकमा उमेश प्रसाद बिष्ट सदस्यमा गोपाल भट्ट र धर्मानन्द भट्ट र अखिल नेपाल फुटबल संघका केन्द्रीय महासचिव इन्द्रमान तुलाधर साधारण सभा तथा जिल्ला अधिवेशनको लागि पर्यवेक्षक रहेका थिए।
यसैगरी पुनरावेदन समितिको संयोजकमा कृष्ण देव जोशी सदस्यमा बिमल खडायत र गोबिन्द स्वार रहनु भएको थियो। जिल्लाको ६ औं साधारण सभा तथा जिल्ला अधिवेशन भब्य र सब्यताका साथ सु-सम्पन्न भएको हो। जसमा नेतृत्व पुन दोहरिएको छ।।