नेकपा एमाले जसलाई भेट्छ त्यसलाई आफुसङ्ग जोडिरहेको छ – कांग्रेस महामन्त्री गगन थापा

धिरेन्द्र भट्ट/कञ्चनपुर : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एमाले जसलाई भेट्छ त्यसलाई आफुसङ्ग जोडिरहेको बताउनुभयो। कांग्रेस काठमाडौ महानगरपालिका – ८ नम्बर वडाले नयाँ बर्षको अवसरमा गरेको कार्यक्रममा महामन्त्री थापाले स्थानीय निर्वाचनको मिति नजिकिदै गइरहेको बेला एमाले जसलाई भेट्छ त्यसलाई आफुसङ्ग जोडिरहेको भताउनुभयो। कार्यक्रममा बोल्दै उहाले भन्नुभयो,’ मैले केहिदिन देखी उहाँको वक्तव्य सुनिरहेको छु, विभिन्न ठाउँमा गएर उनिहरुले एउटा कुरा भनिरहेको पाउछु कि गठबन्धनलाई फतक्क कुहिएर झरोस, यो गठबन्धन अपराधीहरुको गठबन्धन हो, त्यसो भनिरहदै गर्दा खेरी उनले सामान्य हेक्का समेत के नराखेको म पाउछु भने भयो भने आज आज नेपाली कांग्रेस जसरी विभिन्न दलहरु सङ्ग तालमेलमा छ नेकपा एमाले जसलाई भेटिरहेको छ त्यसलाई आफुसङ्ग जोडिरहेको छ ।

थापाले भन्नुभयो ‘बुधबार एमालेले कमल थापा नेतृत्वको राप्रपा र नेपाल परिवार दल सङ्ग गरेको तालमेल लाई लिदै थापाले अरु कुनकुन दलहरु भेटिन्छ भनेर बिहान बेलुकै प्रधानमन्त्री, उपप्रधानमन्त्री यता चारेको उता चारेको गरिरहेको थापाले उल्लेख गर्नुभयो।” बिजय सरागी भन्ने जो अस्ति नेकपा एमालेमा प्रवेश गर्नुभयो उहाँ म कहाँ पनि आउनुभएको थियो, रातोपुल घरमा नेपाली कांग्रेसका सबै नेतालाई उहाले काठमाडौं आएर भेट्नुभयो, उहाले नेपाली कांग्रेसमा मलाई प्रवेश गराइदिइनुस भन्दै गर्दा हामी तपाईलाई कांग्रेस भित्र ल्याउन सक्दैनौ भनिसके पछाडि उहाँ नेकपा एमाले जानुभयो र अहिले बिरगंजको मेयरको उम्मेदवार बन्नुभएको छ एमाले बाट” थापाले भन्नुभयो। स्थानीय तह निर्वाचनको मिति नजिकै जादा एक पार्टी छोडेर अर्को पार्टी प्रवेश गर्ने, रातारात पार्टीहरु बिच तालमेल गर्ने निर्णय भइरहेको छ भन्दै थापाले नेकपा एमाले पनि राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गरिरहेको हुँदा गठबन्धन माथी आक्षेप लगाउने नैतिक अधिकार ओलि सङ्ग नरहेको समे थापाले उल्लेख गर्नुभयो।

ताजा समाचार

spot_img