दोधारा । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानिय निर्वाचनलाई लक्षित गर्दै वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा सम्पर्क कार्यालय स्थापना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीका संस्थापक तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले जानकारी दिएका छन् । आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्पर्क कार्यालयको उद्धघाटन गरेको जनाएको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी वडा नं. ५ का वडा अध्यक्ष गोबिन्द रानाको सभापतित्वमा संचालन भएको सम्पर्क कार्यालय उद्धघाटन सत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीका संस्थापक तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यमा संचालन भएको वडा सम्पर्क कार्यालय उद्धघाटनमा पार्टीको पुर्व केन्द्रिय सदस्य शान्तीमाया सुनुवार, पार्टीका नगर अध्यक्ष बिर बहादुर शाह, पार्टी प्रदेश सदस्य तमान सिंह गुरुङ्ग, राप्रपा कञ्चनपुरका जिल्ला उपाध्यक्ष नन्दा खत्री, पार्टी जिल्ला सदस्य भगिरथ भट्ट, स्थानिय निर्वाचनका उम्मेदवार लगाएत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । राप्रपा दोधारा चाँदनीका संस्थापक तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले रिविन काटेर कार्यालयको समउद्धघाटन गरेका थिए । देशको माटोबाट जन्मेको राष्ट्रिय प्रजातन्त्र पार्टीको निती तथा सिद्धान्त राष्ट्र जोगाउने बुटि भएकोले सम्पूर्ण नगरबासीले साथ दिनु पर्नेमा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले उद्धघाटनको क्रममा बताएका छन् । आसन्न स्थानिय निर्वाचनमा दोधारा चाँदनी राप्रपामय हुनेमा आफु ढुक्क भएको उनको भनाई रहेको छ् । देशलाई नेपाली काग्रेंस, नेकपा एमाले, नेकपा माओबादी लगाएत दलहरुले तहसनहस तथा बरबार्दी तिर उन्मुख गराएको अवस्था देशलाई जोगाउने एक पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी भएकोले देशका युवाहरु राप्रपा तिर आकर्षित बन्दै गएको पुर्व माननिय खत्रीले बताएका छन् । राष्ट्र जोगाउन हामी युवाको काँधमा जिम्मेवारी आएकोले एक थोपा रगत रहुन्जेल लडिरहने तथा राप्रपाको नितिमा अडिक हुन पाएकोमा आफुलाइ गर्भ बनाएको युवाहले बताएका छन् । राप्रपा कञ्चनपुरका जिल्ला सदस्य भगिरथ भट्टले दोधारा चाँदनीमा जनप्रतिनिधीहरुले जनताहरुको पिडालाई बेवास्ता गरेर आफ्ना र आफ्नो कार्यकर्ताहरुलाई पोस्ने कार्यमा लागेको आरोप लगाएका छन् । किसानहरुको आर्थिक उन्नतीको नाउमा आफ्नाहरुलाई खोर, सिचाई बोर, बिउबिजन बितरण गरेर वास्तविक किसानहरुलाई उक्त सरकारी सेवाबाट बन्चित गर्दै आएको राप्रपा कञ्चनपुरका जिल्ला सदस्य भगिरथ भट्टको भनाई रहेको छ् । ‘राप्रपामा नयाँ पुस्तका नेतृत्को कारण पार्टीमा जनलहर बढेको छ्’







