निर्धन उत्थान शाखा दोधारा चाँदनीद्धारा काजक्रिया खर्च रकम


दोधारा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले आफ्नो संस्थामा आबद्ध सदस्यलाई बीमा रकम हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अर्न्तगत प्रतिभा टोल महिला समुहकी ग्राहक सदस्य बाल देवी खडकाको निधन फ्रति शोक ब्यक्त गर्दै आग्रिम काजत्रिया खर्च बापतको रकम नगद रु. १० हजार मृतकका पति भिम बहादुर खडकालाई प्रदान गरेको छ् । आज एक कार्यक्रमका बिच शाखाका लेखापाल दुखीराम बुढाथोकीले ऊक्त रकम हस्तान्तरण गरेका हुन् । कार्यत्रममा शाखाका लेखापाल बुढाथोकीले आफ्ना ग्राहक सदस्यहरुको बृद्धि बिकाशको लागि समय समयमा वित्तिय साक्षरता तथा आयमुलक तालिम संचालन गर्दै आएको बताएका छन् । जस अर्न्तगत संस्थाले ग्राहक सदस्यलाई व्यवसायीक तरकारी खेती, व्यवसायिक गाई/भैसी तालिम, व्यवसायिक बाख्रापालन तालिम लगाएत अन्य शिपमुलक तालिमका साथै वित्तीय साक्षरता तालिम समेत दिदैं आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखाका लेखापाल बुढाथोकीलेबताउका छन् । शिपमुलक तालिम लिई व्यवसाय गरिरहेका ग्राहक सदस्यहरुको आर्थिक क्रियाकलाप बृद्घि भएर आर्थिक तथा सामाजिक अवस्थामा समेत सुधार भएको उनले दाबी गरेका छन् । संस्थाले सामाजिक उक्तरदायित्व कार्यत्रम अर्न्तगत कर्जा बिमा, सुत्केरी पोषण, ग्राहकका छोरा छोरीलाई छात्रवृत्ति, ग्राहक तथा निजको परिवारमा गम्भीर रोगबाट पिडित हुदा आर्थिक राहत सहयोग, आगलागी, पहिरो तथा बाढी पिडित सदस्यलाई आर्थिक राहत सहयोग लगाएतका सुबिद्या दिदैं आएको कार्यक्रममा बताईएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा वित्तीय साक्षरता क्षेत्रमा ठुलो फड्को मार्दै आएको स्थानियहरुले बताएका छन् । लघुवित्त क्षेत्रमा ठुलो संरचना रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तिन दशक देखि निरन्तर अगाडी बढिरहेको छ् । हाल संस्थाले देशको ७७ वटै जिल्लालाई कार्य क्षेत्र बनाई १ सय ८१ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको कार्यक्रममा जानकारी गराईएको छ् ।


ताजा समाचार

spot_img