महिला राष्ट्रिय लिग फुटबल : पुलिसमाथि धनगढीको रोमाञ्चक जित

महिला राष्ट्रिय लिगमा विभागीय टोलि लाई हराउने पहिलो धनगढी उपमहानगरपालिका महिला फुटबल टिम


धनगढी : महिला राष्ट्रिय लिगमा विभागीय टोलि लाई हराउने पहिलो धनगढी उपमहानगरपालिका महिला फुटबल टिम
सुदूरपश्चिम प्रदेशकै प्रतिनिधित्व गर्दै राष्ट्रिय महिला लिगमा सहभागी भएको धनगढी उपमहानगरपालिका कैलालीले महिला राष्ट्रिय लिगमा विभागीय नेपाल पुलिस क्लब माथि रोमाञ्चक जित निकालेको छ ।May be an image of 2 people and people standingमंगलबार भएको पहिलो चरणको आफ्नो अन्तिम खेलमा धनगढीले पुलिसलाई ३–२ ले पराजित गरेको हो । चितवनको भरतपुरस्थित सारदा माविको खेल मैदानमा भएको खेलमा चन्द्रा भण्डारीले दुई तथा विर्सना चौधरीले गोल गर्दै सुखद पहिलो चरणको अन्त्य गरेको छन् । रोमाञ्चक बनेको खेलमा पुलिस क्लबको तर्फबाट रेखा कुमारी पौडेलले दुई गोल गरेपनि हार बाट भने टिमलाई जोगाउन सकिनन्।May be an image of 6 people, people standing and outdoors
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफको ५५औं मिनेटमा चन्द्रा भण्डारीको गोलबाट सुरुवाती अग्रता लिन धनगढी महिला फुटबल टिम सफल भएको थियो । खेलको ६५ औं मिनेटमा चन्द्रा भण्डारीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै धनगढीको अग्रता दोब्बर पारिन् ।
निरन्तर रोमाञ्चक बनेको खेलमा ७३औं मिनेटमा रेखा कुमारी पौडेलले गोल गर्दै पुलिसलाई खेलमा फर्कने संकेत दिइन् । ८२ औं मिनेटमा विर्सना चौधरीले गोल गर्दै धनगढीलाई ३–१ अग्रता कायम गरिन्। खेलको ८८औं मिनेटमा रेखाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल गर्न नसक्दा पुलिस स्तब्ध बन्न पुग्यो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै धनगढीकि सरु रोकाया प्लेर अफ दि म्याच समेत घोषित भइन। May be an image of 2 people, people standing and text that says 'FIFA AFC NATIONAL WOMEN'S -2022 राष्ट्रिय महिला लिग-२०७८ लिग 90 ३० चैत्र. २०७८ शारदानगर नेपाल FIFA FIFA চ FIFA NATIONAL WOMEN'S LEAGUE-2022 राष्ट्रिय महिला लिग २०७८ Pay PLAYER OF THE MATCH Rupees Ten Thousand Only. RS. 0,000/- DHANGADI vS NPC FIFA 15 A 人간 M FIFA'उनले दस हजार पुरस्कार हात पर्न सफल भइन्। कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष एवं मनकामना युवा क्लब धनगढी जुगेडाका अध्यक्ष डबल बहादुर थापाले बताए। उनका अनुसार ,धनगढी उपमहानगरपालिका महिला टिमको मुख्य प्रशिक्षकमा राघबेन्द्र कार्की र व्यवस्थापकमा सुरज तामाङ रहेका छन ।
महिला राष्ट्रिय लिगका पहिलो चरणका सम्पुर्ण खेल चितवनमा सम्पन्न भएका छन् भने दोस्रो चरणका पुरै खेल बिराटनगरमा हुने छन् । महिला लिगमा ८ टिमको सहभागिता रहेको छ । जसमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहेको छ ।

ताजा समाचार

spot_img