कञ्चनपुर: जिल्ला खेलकुद विकास समितिको नेतृत्व र पदाधिकारी युवाको काँधमा आएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुर जिल्ला खेलकुद समितिको नेतृत्वमा यस पटक युवलाई जिम्मेबारी दिएको छ ।प्रदेश खेलकुद परिषद्ले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष सहितका पदाधिकारीमा युवालाई जिम्मेबारी दिएको छ । जिल्ला खेलकुद समिति कञ्चनपुरको अध्यक्षमा कुवेर बहादुर खडकालाई नियुक्त गरेको छ ।
उपाध्यक्ष कैलाशचन्द्र गिरी, कोषाध्यक्ष सुरेन्द्र शाही, सदस्य धन बहादुर महता (बिकास), विष्णू जैसी, दुर्गादेवी भट्ट, फुल कुमारी राना रहेका छन । अध्यक्ष खडका नेकपा एकीककृत समाजवादी कृष्णपुरका युवा नेता हुन । भने उपाध्यक्ष गिरी माओवादी केन्द्र अखिल क्रान्तिकारी कञ्चनपुर अध्यक्ष हुन ।

मंगलबार एक कार्यक्रमका विच जिल्ला खेलकुद समिति कञ्चनपुरमा नियुक्त भएका पदाधिकारीको पदभार तथा सपथ ग्रहण गराईएको छ । अध्यक्ष खडकाले उपाध्यक्ष गिरी, कोषाध्यक्ष शाही, सदस्य महता, जैसी, भट्ट, रानालाई सपथ ग्रहण गराएका छन ।
जिल्ला खेलकुद समिति कञ्चनपुरका नवनियुक्त पदाधिकारीले जिल्लाको खेलकुद विकासका लागि आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
जिल्ला खेलकुद समिति कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरीले समग्र जिल्लाको संस्थागत खेलकुद विकासका लागि पहल गर्ने बताए । ‘हामीले राजनीतिकर्मी पनि हौँ, ‘उनले भने, ‘हाम्र्रो राजनीतिक आस्थालाई थाँति राखेर समग्र खेलकुद विकास गछौँ ।’ जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर बहादुर खडकाले व्यक्तिगत स्वार्थलाई त्यागेर खेलकुदको विकास गर्दै ग्रामिण तहमा रहेका खेलकुदकर्मीको विकास गर्ने प्रतिबद्धता जोहर गरे ।

कार्यक्रममा समाजवादी निकट युवा संघ नेपाल कञ्चनपुरका इन्चार्ज प्रविन बोगटीले समग्र खेलकुद विकासका लागि भूमिका निर्वाह गर्न समितिका पदाधिकारीलाई सुझाव दिए । खेलकुद विकास समिति कञ्चनपुरका नवनियुक्त पदाधिकारीलाई समाजवादी र माओवादी निकट युवा, विद्यार्थी संगठनले सम्मान, सुभकामना तथा बधाई ज्ञापन गरेका छन ।

समाजवादी निकट युवा संगठनका जिल्ला इन्चार्ज प्रविन बोगटी, उपाध्यक्ष मुकेस सिह, अनेरास्ववियूका जिल्ला संयोजक रमेश पन्त, माओवादी निकट वाईसियल जिल्ला संयोजक तिलक जप्रेल, अखिल क्रान्तिकारी जिल्ला नेता सुरेश भट्ट, जिल्ला फुटबल संघका उपाध्यक्ष गजेन्द्र पाण्डे, प्रदेश खेलकुद विकास समितिका सदस्य सन्तोष विक, मित्र समाजका जिल्ला अध्यक्ष जितेन्द्र रावल, लगायतका युवा विद्यार्थी नेता, कर्मचारी, खेलाडीहरुले खादा ओढाएर सम्मान गरेका थिए ।
जिल्ला खेलकुद समिति कञ्चनपुरका कर्मचारी देवेन्द्रराज रावलले स्वागत मन्तव्य राखेको र कार्यक्रमको संचालन कार्यालय प्रमुख गोपालदत्त भट्टले गर्नु भएको थियो।