दोधारा । सामाजिक संजालमा केन्द्रिय नेताको फोटो राखेर कमेन्ट गर्ने माथी राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीले आपत्ती जनाउदै प्रहरीमा उजुरी दिएको छ् । आउदो बैशाख ३० गते हुने स्थानिय निर्वाचनलाई लक्षित गर्दै सामाजिक संजाल फेसबुकमा आफ्नो केन्द्रीय नेता राजेन्द्र लिङदेल सहित चुनाव चिन्ह प्रयोग गरि अनाहकमा स्टाट्स तथा कमेन्ट गर्दै आएको ‘राप्रपा दोधारा’ नामक फेसबुक पेज संचालन गर्ने ब्यक्ती तथा समुहलाई कार्वाहीको लागी माँग गर्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा उजुरी दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सदस्य तमान सिंह गुरुङ्गले जानकारी दिएका छन् ।


आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै बिगत ४ साता देखि सामाजिक संजाल फेसबुकमा स्टाट्स तथा कमेन्ट गर्दै आएको राप्रपा दोधारा नामक फेसबुक पेजले संगठनको बारेमा जनता माथी गलत सुचना प्रवाह गरिरहेको आपत्ती जनाउदै साईवर अपराध अन्तर्गत दोषी ब्यक्ती अथवा समुहलाई कडा भन्दा कडा कार्वाहीको माँग राख्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा उजुरी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सदस्य तमान सिंह गुरुङ्गले बताएका छन् । ‘उपरोक्त सम्बन्धमा राप्रपा दोधारा नाउबाट संचालनमा आएको फेसबुक पेजमा हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको गम्भिर ध्यानआकार्षण भएको छ् । बिगत ४ साता देखि राप्रपा दोधाराको नाउबाट गरेको फेसबुक पेजले स्थानिय निर्वाचन लक्षित गरि हाम्रो राष्ट्रि प्रजातन्त्र पार्टीको बिरुद्ध जनता माँझ भ्रामक तथा कपोकल्पीत सुचना संप्रेक्षण गरेको हुदा साईवर अपराध अनुसार निर्वाचनलाई प्रभाव पार्ने हाम्रो पार्टीको श्रद्धय नेता तस्बिर र कपोकल्पीत सुचना प्रवाह गर्दै आएका हाम्रो ठहर छ् । राप्रपा दोधारा नामक फेसबुकका संचालक तथा समुहलाई छानबिन सहित कडा भन्दा कडा कार्वाही गरिदिन हुन बिनम्र अनुरोध गरिन्छ्’ राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीका अध्यक्ष बिर बहादुर शाहा हस्ताक्षरित उजुरीमा भनिएको छ् ।








