दोधारा । चेलीबेटी बेचविखन बिरुद्ध सक्रिय माईती नेपालले ३० औं स्थापना दिवस अवसरमा विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी कञ्चनपुरको गड्डाचौकीमा मनाएको छ । ‘हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने मुल नाराका साथ स्थापना भएको माईती नेपालको स्थापना दिवशको अवसरमा माईती नेपाल कञ्चनपुरले नेपाल–भारत सिमा नाका गड्डाचौकीमा जनचेतना मुलक पोष्टर, पम्पलेटहरु टास्नुका साथै सुचना एवं चेतना मुलक सन्देशहरु वितरण गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । जस अन्तरगत नेपाल–भारत सिमाना गड्डाचौकी लगाएतका स्थानका सडकमा समेत जनचेतना मुलक पोष्टर, पम्पलेटहरु टास्नुका साथै सुचना एवं चेतना मुलक सन्देशहरु वितरण गरिएको छ् । माईती नेपालले मानव बेचबिखन रोकथामका लागि जनचेतना मुलक कार्यक्रमहरु समुदाय स्तर सम्म पुगि संचालन गर्नृका साथै नेपालका बिभिन्न मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला तथा वालवालिकाहरुको उद्धार, भारत लगाएतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आईरहेको माईती नेपाल कञ्चनपुरका संयोजक मेहश्वरी भट्टले जानकारी दिएका छन् । कार्यक्रममा मानव बेचबिखन तथा सुरक्षित बसाई सराई, घरेलु हिंसा, कोरोना भाईरसका सम्बन्धी तयार पारिएका पर्चा, ब्रसरहरु वितरण गरिएको संयोजक भट्टले बताए । माईती नेपालले ३० औं स्थापना दिवस अवसरमा गड्डाचौकीमा संचालन गरेको सचेतनामुलक कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय कञ्चनपुरका प्रतिनिधी लगाएत स्थानिय ब्यापारी तथा स्थानियहरुको सहभागिता रहेको थियो ।







