समाजसेवी मल्लद्धारा फुटबल प्रतियोगिता आयोजनाका लागी २० हजार सहयोग

महेन्द्रनगर : समाजसेवी तथा सफल उद्यमी विनय प्रकाश मल्लले डडेल्धुरामा जिल्ला स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिताको आयोजना गर्न २० हजार नगद सहयोग गरेका छन् । नव वर्ष २०७९ को अवसर तथा सुदूरपश्चिमकै प्रसिद्ध धार्मीक शक्तिपीठ घटाल धानमा लाग्ने बिसु जात (मेला)को उपलक्ष्यमा फुटबल प्रतियोगिता हुँदैछ । युवाहरुलाई कुलतबाट टाढा राख्न तथा स्वस्थ्य शरिर राख्नको लागि उनले प्रतियोगतामा सहयोग गरेको घटाल स्टार युवा क्लबका अध्यक्ष मनिस भण्डारीले बताए ।

समाजसेवी मल्लले विगताका दिनहरुमा पनि युवाहरुलाई खेलकुदमा आर्कषण गर्नका लागि खेलकुद आयोजना गर्न आर्थिक सहयोग र युवाहरुलाई खेलकुद पोशाकहरु पनि सहयोग गर्दै आएका छन् । फुटबल प्रतियोगिता चैत २८ गतेदेखि बैशाख २ गतेसम्म सञ्चालन हुने र सम्पूर्ण खेल अमरगढी नगरपालिका–३ स्थित रामलिला मैदान (बगर)मा खेलाइने छन् ।

प्रतियोगिताको विजेता टोलीलाई २५ हजार, उपविजेता टोलीलाई १५ हजार ट्रफी र प्रमाणपत्र दिइने छ । उत्कृष्ट किपर, म्यान अफ दी सीरिजलाई पनि आकर्षक पुरुष्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टीमले चैत २७ गते दिउँसो दुई बजेभित्र टीम दर्ता गराइसक्नु पर्ने छ। टीम दर्ता शूल्क ४ हजार रहेको भण्डारीले बताए ।

ताजा समाचार