बेदकोटबाट काँग्रेसका यि हुन प्रमुख उप प्रमुखका प्रबल दाबेदार

कञ्चनपुर: नेपाली काँग्रेसले बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट प्रकृया अन्तरगत कञ्चनपुरको बेदकोट नगरपालिकाबाट प्रमुखका लागि ८ र उप प्रमुखका लागि ५ जना नेता कार्यकर्ताहरुले आँकाक्षा देखाएका छन ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिको परिपत्र अनुरुप बेदकोट नगर काँग्रेस समितिले प्रमुख उप प्रमुखका लागि आँकाक्षीहरुलाई पाटीमा उम्मेदवार दर्ताका लागि आब्हान गरेको थियो । नेपाली काँग्रेस बेदकोट नगरका सचिव अमृत बोहराले प्रमुखका लागि तुलाराम शाहु भोजराज बोहरा, भुवनराज पाण्डे, कर्ण देउवा, उद्धव बोहरा,पुष्पराज भट्ट, नारायण पन्त, डम्बर राज जोशीले उम्मेदवारी दिएको बताए ।
सचिव बोहराका अनुसार उप प्रमुखमा अनिता मडै, ईन्द्रा साउद, प्रभा भट्ट, तुलसी जोशी र सरस्वती पाठकले उम्मेदवारी दर्ता गराएका छन । ‘हाम्रो नगरमा प्रमुख र उप प्रमुखको पदका लागि उम्मेदवारी टिपाए अनुरुप जिल्लामा सिफारिस गछौँ, ‘उनले भने, ‘वडाहरुको बाँकी छ ।’ प्रमुखका लागि भोजराज बोहरा र उप प्रमुखका लागि तुलसी जोशी यस अघि पनि चुनाव लडेका थिए । बेदकोटबाट काँग्रेसमा विगतमा चुनाव लडेकादेखि नयाँ अनुहार देखिएका छन । नेपाली काँग्रेस बेदकोट नगरका अर्का सचिव पवन नेपालीले पार्टीले आफ्नो तर्फबाट उम्मेदवारी टुङगो लगाएर गबन्धन नै गरेर चुनावमा जाने बारे छलफल भईरहेको बताए ।

ताजा समाचार