भीमदत्त : कञ्चनपुरको भीमदत्त नगरपालिका ९ स्थित प्रचिन बैजनाथको मन्दीर गौताडीमा खानेपानी पुगेको छ । भीमदत्त नगरपालिकाले खानेपानिको अभाव रहेको उक्त क्षेत्रमा सौर्य प्लान्टमार्फत खानेपानी पु¥याएको हो । उक्त योजनाको वडाध्यक्ष राम नाथले उद्धघाटन गरे । करिब तीन सय ५० मिटर तलबाट पानी माथि तानिर खानेपानी पु¥याईएको वडाध्यक्ष नाथले बताउनु भयो ।

उहाँका अनुसार नगरपालिकाको पाँच बजेटमा मन्दीरमा खानेपानी पु¥याईएको हो । प्रचिन बैजनाथको मन्दीर दर्शन गर्न जाने पर्यटक तथा श्रद्धालु भक्तजनहरुलाई खानेपानीको समस्या हुने गरेको थियो । यस अघि ओकालोमा बोकेर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको थियो । ‘नगरपालिकाले सबै नगरवासीलाई खानेपानीको पहुचमा पु¥याउने लक्ष्यका साथ काम गरिरहेको छ ।’ अध्यक्ष नाथले भन्नुभयो ‘मेरो वडामा करिब ८० प्रतिशत घरधुरीलाई शुद्ध खानेपानीको सुविधा छ, थप अन्य आयोजना पनि सञ्चालन गरिहरेका छौँ ।’

