भीमदत्त : कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ को आधारभुत स्वस्थ्य केन्द्रको भवन उद्धघाटन गरिएको छ । बुधबार नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित आधारभुत स्वास्थ्य केन्द्रको भवनको उद्धघाटन गर्नुभएको हो । भवनका उद्धघाटन गदैँ नगर प्रमुख सुुरेन्द्र विष्टले नगर पालिकाले स्वास्थ्य संवेदनशिलतालाई विशेष ध्यानमा राखेर आवश्यक पुर्वाधार निर्माणमा जोड दिएको बताउनु भयो ।

नगरपालिकाले सबै वडाबाट आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेको छ । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले नगरपालिकाले सम्रग नगरको विकास र समृद्धी का लागि काम गरिहरेको समेत स्पष्ट पार्नुभयो । नगरपालिकाले सबै वडाबाट आधारभुत स्वास्थ्य केन्द्र र तीन वडाबाट प्रसुती सेवा दिईरहेको छ ।

नव निर्मित भवनबाट सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गरिने उहाँको भनाई छ । त्यस्तै वडाध्यक्ष लाल बहादुर शाहीले चाडैँ उक्त भवनबाट वडावासीलाई स्वास्थ्य सेवा दिईने बताउनु भयो । उहाँले नगर प्रमुख विष्टको नेतृत्वमा थुप्रै विकास निर्माण कार्य भएको बताउँदै त्यसका लागि धन्यवाद समेत दिनुभयो ।

