कञ्चनपुर: नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा बेद प्रकास उपाध्याय चयन भएका छन । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा बेद प्रकास उपाध्याय चयन भएका हुन । शिक्षक संगठनको १२औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत बेद प्रकास उपाध्यायको अध्यक्षतामा कार्य समिति गठन भएको संगठनका नवनिर्वाचित सचिव उतमसिह विष्टले बताए । उपाध्यक्ष कृष्णदत्त भट्ट, महिला उपाध्यक्ष भुनवेश्वरी थापा(रावल), सचिव उत्तमसिह विष्ट, कोषाध्यक्ष धनन्यज जोशी, सह सचिव कुमार सल्या रोकाया, सह कोषाध्यक्ष सुमित्रा थापा चयन भएका छन ।

सदस्यहरु तर्फ खडक कुमारी रेग्मी, नर्मदा जोशी, लक्षर््मी खडका, टिकाराम शर्मा, मानसिह साउद, शंकरसिह साउद, धनञ्जय जोशी, छविलाल पाण्डेय, तुलाराम पनेरु, दुर्गा विष्ट(साउद), गोबिन्द प्रशाद चौधरी, कुल बहादुर खडका, लक्ष्मीबिर राना हरिप्रशाद ओझा, नवराज थापा, अम्किा प्रसाद खतिवडा, दान बमादुर सुनार, जानकी राना, बीर बहादुर चन्द, हिरा रावल, रहेका छन । महाधिवेशन प्रतिनिधी भवानी चन्द, हरि प्रशाद रिजाल, पार्वतीदेवी थापा(मगर), केदार बहादुर भण्डारी, रहेका छन । लेखा समिति तर्फ राजेन्द्र केसीको संयोजकत्वमा दुई सदस्यीय समिति चयन गरेको छ । नन्दलाल चौधरी र लोकेन्द्रसिह रावल रहेका छन ।

बुधबार एक कार्यक्रमका विच नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका पदाधिकारी तथा सदस्यले पदभार तथा प्रमाण पत्र ग्रहण गरेका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुर नेतृत्व सहितका पदाधिकारीले शिक्षकको हकहितका साथै सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तमसिह विष्टले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आफ्नो कर्तव्यका साथै हकअधिकारका साथै विद्यालयको सुधार एव विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

