काँग्रेस भीमदत्त नगरमा मेयर र उपमेयरका लागि दर्जनौँ आँकाक्षी

कञ्चनपुर: आशन्न ३० बैशाखमा हुने स्थानीय तहको चुनावका लागि नेपाली काँग्रेस भीमदत्त नगरपालिकामा दर्जनौँ नेता कार्यकर्ता प्रमुख र उप प्रमुखका लागि आँकाक्षी देखिएका छन । काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले जारी गरेको सर्कुलर अनुरुप कञ्चनपुरमा समेत वडा, पालिका स्तरमा नेता कार्यकर्ता विभिन्न पदमा आँकाक्षी देखिएका छन । काँग्रेसले वडा, पालिका स्तरबाट उम्मेदवार माथिल्ला तहमा सिफारिस गरिरहेको अवस्थामा भीमदत्त नगरमा काँग्रेसबाट दर्जनौँ आँकाक्षी देखिएका छन ।

केही पुरानै केही नयाँ आँकाक्षी देखिएका छन । भीमदत्त नगरमा यस अघि मेयरमा चुनाव लडेका काँग्रेस कञ्चनपुरका सभापति समेत रहेका पदम बोगटी, उपमेयर समेत रहेकी काँग्रेस नेतृ शुशिला सिह, काँग्रेस भीमदत्त नगरका सभापति अच्युतराज कलौनी, काँग्रेस महाधिवेशन सदस्य पिताम्बर जोशी, ईश्वरी प्रशाद जोशी, गणेश नेगी बासुदेव भट्ट, रमिता देउवा, दिलेन्द्र रावल, लोक बहादुर ठकुराठी र उप प्रमुखमा नितु भट्ट, निलम लेखक, सरस्वती दाहाल, पदमा बोगटी, लक्षी भट्ट(थापा), खगेश्वरी भट्ट(बोगटी), पशुपति थापा मगर देखिएका छन ।

नेपाली काँग्रेस भीमदत्त नगरकी सचिव समेत रहेकी उप मेयरकी आँकाक्षी नितु भट्टले आँकाक्षीहरुको नाम माथिल्लो समितिमा सिफारिस गर्ने कार्य तालिक अन्र्तरगत भीमदत्त नगरमा नेता कार्यकर्ताहरुले आफ्नो आँकाक्षा देखाएको बताए । ‘नगरमा देखिएका सबै आँकाक्षीको नाम हामीले माथिल्लो समितिलाई सिफारिस गछौँ, ‘उनले भनिन, ‘टिकट कसले पाउँछ भन्ने विषयमा माथिल्लो समितिले मापदण्ड अनुरुप वितरण गर्छ ।’ सत्तारुढ दल काँग्रेस केन्द्रीय र जिल्ला समितिले स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमती जनाईसकेको अवस्थामा भीमदत्त नगरमा काँग्रेसले कसै पाटीसंग पनि तालमेल नगरीकनै चुनावमा सहभागि हुने निर्णय गरेको छ ।

ताजा समाचार