डडेल्धुराका पन्त एआईजीमा बढुवा

महेन्द्रनगर : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षकमा वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुक बढुवा भएका छन्।मन्त्रिपरिषद्को विहीबार बिहान बसेको बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि बढुवा समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। लोक सेवा आयोगले वरिष्ठताका आधारमा सिफारिस नगरेको भन्दै आयोगमा परेको उजुरी खारेज गर्दै उनीहरूको बढुवा सिफारिस सदर गरेको थियो ।

कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीलगायतले लोकसेवा आयोगमा उजुरी दिएका थिए । उजुरी सुन्ने समितिको सिफारिस सदरसँगै सरकारले आज उनीहरूलाई बढुवा गरेको हो । सरकारले एआईजीका तीनवटा दरबन्दी थप गरेपछि बढुवा समितिले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा भएकामध्ये पन्तले आगामी वैशाख १८ गते अवकाश पाउँदैछन् भने धानुक र सिंहको सेवा अवधि २०७९ चैतसम्म छ । पन्तको घर डडेल्धुराको अमरगढी नगरपालिका–२ कारीगाउँमा हो ।

ताजा समाचार