डिल्लीराज पन्त /महेन्द्रनगर : विगत २ दशक भन्दा पनी वढि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनर्निर्माणको कार्यमा सरकारी पक्ष वाटै अवरोध भएको छ । विमानस्थलकै क्षेत्रमा रहेको रत्नबाटिका सरसफाइ गरेर लम्बाई बढाउन खोज्दा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयले नेपाली सेना खटाएर निर्माण कम्पनीका कामदारलाई नियन्त्रणमा लिँदै उपकरण बरामद गरेपछि निर्माण कार्य प्रभावित भएको हो । बुधवार सुदूरपश्चिमका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार र पूर्व उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको निर्देशनमा शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मुख्यालय मझगाउँ स्थित रहेको रत्न वाटिकामा धावनमार्गका लागी चाहिने थप जग्गामा रहेका वोटविरुवा र झाडी सपाई गर्न डोजर लगाइएको थियो ।
नेपालि सेनाले कार्यस्थलबाट निर्माण कार्य गर्दै गरेका ६ जना कामदारलाई कासाथै जेसीबी, लोडर, टिप्पर, स्काभेटर समेत नियन्त्रणमा लिए पछि निर्माण कम्पनीले त्यस क्षेत्रमा गरिरहेके निर्माण कार्य स्थगित गर्नुपरेको आयोजना प्रमुख मिनराज ओझाले बताएका छन केन्द्र सरकारकै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको योजनाअनुसार काम भइराख्दै सरकारकै अर्को निकाय नेपाली सेनाले काममा अवरोध गर्नु आश्चर्य भएको बताउदै सवै निकाय संगै समन्वयमा काम गर्दा गर्दे निकुन्ज कार्यालय र नेपाली सेनाको एकतर्फि अवरोध किन गरे सो वारे छलफल गरी निर्माण कार्य अघि वढाईने पनी भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले बताए ।
केन्द्र सरकार , प्रदेश र स्थानीय सरकारको सहलगानीमा विमानस्थल सञ्चालनको का लागी भन्दै विगत १ महिनादेखि विमानस्थल निर्माण कार्य तिर्व रुपमा भईरहेको थियो । भने कार्य प्रगती वारे अवलोकन गर्न बुधबार बिहान निर्माणाधीन विमानस्थलको मा प्रदेश सरकारका राज्यमन्त्री मानबहादुर सुनार र पूर्वमन्त्री प्रकाश रावल लगायत सम्वन्धित अधिकारीले वाटिकामा सफाइ गरी कार्य अघि गर्न निर्देशन समेत दिएका थिए ।
मझगाँउ विमानस्थल पुन संचालनका लागी २०७६ साल माघ १३ गते सवै सरोकारवाला निकाय संगै छलफल गरी विमानस्थल लाई चाहिने जति जग्गा रत्न वाटिका र नेपाली सेनाले खेलकुद प्रयोजनका लागी भन्दै प्रयोग गरीरहेको सरकारी जग्गा आव्स्यकता पर्दा सहकार्य गर्ने प्रतिवद्धता सहति लिखित सम्झौता नै भएको अवस्थामा अहिले आएर सरकारी निकायले विमनस्थल निर्माणमा अवरोध हुनु दुःखद भएको मझगाँउ विमानस्थल पुनहः संचालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले वताएका छन । रत्न वाटिका क्षेत्र निकुञ्जको भएको र उनीहरुसँग उक्त जग्गा बिमानस्थलको भएको प्रमाणित हुने कागजपत्र नभएकाले कामदारलाई नियन्त्रणमा लिइएको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
रत्न वाटिका क्षेत्र निकुञ्जको भएको र स्थानीयले अतिक्रमण गर्न थालेपछि सेनाले रेखदेख गर्दै आएकाले निर्माण कम्पनीले विना इजाजत रुखहरू हटाउने कार्य अघि बढाएको भन्दै विमानस्थलको भोगाधिकारभित्र पर्ने कुनै प्रमाण पेश नगरेकाले नियन्त्रणमा लिएर कामदारलाई हाजिर हुने गरी छाडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत मनोज ऐर ले वताएका छन । २०२४ सालमा मझगाउँ विमानस्थल सञ्चालनमा आएको थियो । २०५६ सालसम्म नियमित जहाज चल्थे । सुरक्षाका कारण बन्द गरएिको विमानस्थल पुनह संचालनका लागी ४५ करोडको लागतमा विमानस्थल भित्रका भौतिक संरचना र धावनमार्ग ३ वर्ष भित्रै सकिने गरी नागरीक उड्ययन प्राधिकरण र ठेकेदार कम्पनी विच सम्झौता भएपनी सरकारी पक्ष वाटै अवरोध गरीनु राम्रो पक्ष भनै पक्के होईन त्यसैले पनी विमानस्थल संचालनका लागी सरकारी निकायले ले समन्वय र सहकार्य गरी अविलम्व कार्य अघि वढाउनु पर्दछ ।
