कुलो निर्माण गर्दा भीरबाट लडेर बैतडीमा एक पुरुषको मृत्यु

महेन्द्रनगर : कुलो निर्माण गर्नेक्रममा भीरबाट लडेर बैतडीमा एक पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ७ सुर्कालका ५२ वर्षीय लक्ष्मण बडुको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सिँचाई कुलो निर्माणका क्रममा बुधबार भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

प्रदेश सरकार अन्तर्गत सिँचाइ डिभिजन कार्यालय पाटनबाट उपभोक्ता समितिमार्फत सुर्कालमा कुलो निर्माणको काम भईरहेको छ । उक्त कुलो निर्माणका क्रममा एक्कासी लडेका बडु २५० मिटर तल खसेका र घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार