बेदकोट १० मा माओवादी केन्द्रको वडा कार्यालय उद्घाटन

कञ्चनपुुर: नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेदकोट नगरपालिका १० मा वडा कार्यालय उद्घाटन गरेको छ । माओवादी केन्द्र बेदकोट नगरले १० नम्बर वडा कार्यालय उद्घाटन गरेको हो । माअ‍ोवादी केन्द्र बेदकोट नगरका उपाध्यक्ष भीम भट्टले बुधबार एक कार्यक्रमका विच वडा कार्यालय उद्घाटन गरिएको छ ।

No description available.

माओवादी केन्द्रका नेता एव पुर्व विधायक नन्दकिशोर एसकेले वडा कार्यालय उद्घाटन गर्दै जसको नीति उसैलाई नेतृत्व दिनुपर्नेमा जोडदिएका छन । माओवादी केन्द्र बेदकोट नगरपालिका १०का वडाध्यक्ष सागर सुनारले गत चुनावमा समेत जनताले बेदकोट नपा १०बाट माओवादी केन्द्रलाई राम्रो जनमत दिएको भन्दै झिनोमतबाट पराजित भएको स्मरण गर्दै यस बर्ष राम्रो मतका साथ विजयी गराउने आशा व्यक्त गर्नुभयो । माअ‍ोवादी केन्द्र बेदकोट नगरका अध्यक्ष ललित परियारले नगरभरी माओवादी जिताउनका लागि नेता कार्यकर्ता एव सम्पूर्ण पाटी पङक्ती खटिएको बताए ।

ताजा समाचार