क्ञ्चनपुर: क्ञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ९ को सीमावर्ती वडाको भवन उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका विच पुनर्वास नगरका मेयर जिवन राज थापाले नवनिर्भित भवनको उद्घाटन गर्दै सबै वडामा भवन निर्माण गरिने बताए । मेयर थापाले वडाहरुमा आधुनिक भवन निर्माण गरेर वडाबाटै सेवा सुविधा दिलाउने घोषणा गरेका छन । पुनर्वास नगरपालिका ९ का वडाध्यक्ष नारायण जैसीले चुनावी प्रतिबद्धता अनुरुप वडा भवन निर्माण गरिएको बताए ।

‘मैले चुनाव लड्दाका बखत पनि वडा भवन समेत निर्माण गर्ने प्रतिबद्धता गरेको थिए , ‘उनले भने, ‘आज त्यो एक प्रतिबद्धता पुरा भएको छ ।’ अध्यक्ष जैसीले वडाबाट सीमा सुरक्षा, विकास निर्माण लगायतका थुप्रै काम भएको बताउदै, जनताले कामको मुल्याङकन गरेको बताए । उनले भवन निर्माणसंगै जनतालाई सेवा सुविधा प्रवाहमा थप सुविधा हुने बताए । वडाध्यक्ष जैसीले वडाबाट भूमिहिन सुुकुमबासी र व्यववस्थित बसोबासीका लागि जमिन वितरणका लागि अस्थायी निस्सा वितरण गरिने बताए ।

