कञ्चनपुर : नेकपा एकीकृकत समाजवादी पार्टीले कञ्चनपुरमा स्थानीय तहको चुनावका लागि कमाण्डर तोकेको छ । जिल्ला, क्षेत्र र पालिका स्तर गरी तीन तहमा नेताहरुलाई जिम्मेबारी दिएको छ । नेकपा एकीककृत समाजवादी पाटी कञ्चनपुरका सचिव हरक सिह धामीले बैशाख ३०मा हुने स्थानीय तहको चुनावका लागि नेताहरुलाई जिम्मेबारी दिएको बताए । सचिव धामीका अनुसार पोलिट्ब्यूरो सदस्य राम कुमार ज्ञवालीको सयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

भने क्षेत्र १ मा तारालामा तामाङ्ग, २ मा लाल बहादुर खडका र ३ मा प्रकास बहादुर रावललाई जिम्मेबारी दिईएको छ । यस्तै समाजवादीले पालिका स्तरमा समेत नेताहरुलाई निर्वाचन परिचालनका लागि जिम्मेबारी तोकेको छ । बेलडाँडी गाँउपालिका बिर बहादुर विष्ट, बेलौरीमा हिरामान श्रेष्ठ, लालझाडी गाँउपालिकामा तनुकलाल चौधरी, पुनर्वासमा स्थिर प्रशाद घिमिरे, कृष्णपुर नगरमा सुरेन्द्र बहादुर बम, शुक्लाफाँटा नगरमा माधव पन्त, बेदकोट नगरमा बीर ब. बुढाथोकी, भीमदत्त नगरमा खेम भण्डारी र दोधाराचाँदनीमा धर्मराज जोशीलाई जिम्मेबारी दिईएको छ ।

‘हामीले जिल्लामा मुल निर्वाचन परिचालन कमिटि, क्षेत्र, र पालिकामा समेत अब्बल अब्बल नेताहरुलाई जिम्मेबारी दिएका छौँ, ‘सचिव धामीले भने, ‘तत्त जिम्मेबारी पाएका नेताहरु आजैदेखि फिल्डमा खटिएका छन । आ–आफ्नो पालिका जिताउने उनीहरुलाई अभिाभारा छ ।’ समाजवादी कञ्चनपुरका नेताहरुले पार्टीले दिएको जिम्मेबारी निभिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

