शुनपा-११ कलुवापुर स्थीत आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूती कक्ष(बर्थिङ सेन्टर)को उद्घाटन

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर स्थीत आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आज देखि प्रसूती कक्ष(बर्थिङ सेन्टर)को उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी र नगर प्रमुख दिल बहादुर ऐरले संयुक्त रुपमा प्रसूती कक्षको उद्घाटन गर्नु भएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य जोशीले प्रसूती कक्षको उद्घाटन कार्यक्रममा बोल्दै संविधानले प्रदान गरेको अधिकार अनुसार गाउँ गाउँमा स्वास्थ्य सेवा पुरयाईएको बताउनु भयो । आधारभूत स्वाथ्य सेवा केन्द्रमा सञ्चालन गरिएको प्रसूती सेवाबाट स्थानिय महिलाले स्थानिय स्तरमै सेवा पाएको बताउनु भयो । शुक्लाफाँटाका चार र कृष्णपुर नगरपालिकाका नौ ठाउमा प्रदेश सरकारले आधाभूत स्वास्थ्य सेवा केन्द्रका भवन निर्माण गरेको उहाँको भनाई रहेको छ ।

नगर प्रमुख दिल बहादुर ऐरले प्रसूती सेवालाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले आवश्यक औजार, उपकरण र दक्ष जनशक्तिको व्यवस्था गरेको बताउनु भयो ।केन्द्रका कार्यालय प्रमुख कृष्णराज जोशीले प्रसूती कक्ष निर्माणको कार्यले सुरक्षित मातृत्व सेवालाई प्रभावकारी रुपमा उपलव्ध गराउन सकिने बताउनु भयो ।उहाँले प्रसूती सेवा संगै केन्द्रबाट खोप सेवा, प्राथमिक उपचार सेवा, परिवार नियोजन सेवा,प्रसूती पूर्व र प्रसूती सेवा पछिको सेवा उपलव्ध भैरहेको जानकारी दिनु भयो । उहाँका अनुसार प्रसूती कक्ष सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा रु २५ लाखको लागतमा निर्माण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको चालु आबको स्वीकृत कार्यक्रम अनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्रको रु २० लाख छ हजारको लागतमा माथिल्लो तल्ला भवन निर्माण गर्नका लागि ठेक्का प्रकृया अगाडी बढाईएको छ ।यसैगरी, सोही मन्त्रालयको रु १० लाख तीन हजारको लागतमा प्रसूती कक्षका लागि स्नान गृह सहितको सौचालय निर्माणका लागि कार्य अगाडी बढाईएको छ । यसैविच, शुक्लाफाँटा नगरपालिका वडा नं ११ को वडा कार्यालयको नगर प्रमुख दिल बहादुर ऐरले उद्घाटन गर्नु भएको छ । वडा कार्यालयको उद्घाटन गर्नु हुदै उहाँले वडा कार्यालय निर्माण भएपछि वडाबासीलाई सहज रुपमा सेवा प्रदान गर्न सघाउ पुगेको बताउनु भयो ।

ताजा समाचार