कञ्चनपुरको पुनर्वास स्थित डोकेबजारमा सशस्त्र प्रहरी द्वारा बेवारिसे चाँदीका गर गहना बरामद

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र नेपाल भारत सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा रहेको ३६ लाख बढी रुपैयाँको सुन तथा चाँदीका गर गहना बरामद गरेको छ । बिओपी डोकेबजारबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका ११ स्थित डोकेबजार कार्की होटेल नजिकबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा रहेको सुन ४३६ ग्राम चादी २०७ ग्राम फेला पारेको हो।

बरामद गरिएको ४३१ ग्राम सुन र २०७ ग्राम चाँदी को मूल्य ३६ लाख ८ हजार ४ सय ९० रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीले जनाएको छ । बरामद भएको सुन तथा चाँदीका गहना आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीले जनाएको छ ।

ताजा समाचार