संघारमा स्थानिय निर्वाचन !

‘चुनाव अघि ढाँट छल गरेर भोट लिने र सत्तामा पुगेपछि देश र जनतालाई वेवास्ता गर्दै आफ्नो र आफ्नो दलको स्वार्थ मात्र पूरा गर्ने नेताहरु अझै सुध्रिएका छैनन् । राजनीतिमा ईमान्दारी पटक्कै देखिएको छैन । दलहरुमा जसरी पनि सत्तामा पुग्ने रणनीति हावी भएको देखिन्छ् । पछिल्लो ३० वर्षको अवधिमा मुलुकमा परिवर्तन नभएको होईन, तर समृद्धिका ती परिवर्तनहरु आम जनताको भागमा परेका छैनन् । नेता र पहुचवालहरुको मात्र जिवन स्तरमा सुधार आएको देखिन्छ् । देशको नाममा, जनताको नाममा राजनीति गर्ने, सत्ता र शक्तिमा पुग्ने अनि आफ्नो स्वार्थ मात्र पूरा गर्ने चरित्र नेतामा अझ बढेको छ् । जनताले यसको सजाय दिने यहि एक दिन हो – मतदान गर्ने दिन । दल र नेताहरुले जसरी आफ्नो पक्षमा मत पार्नलाई अहिले देखि योजना बुनिरहेका छन्, त्यसैगरी मतदाताहरुले पनि अहिले देखिनै दल र दलका नेताहरुको मूल्यांकन गर्नुपर्छ् । मतदाताको एक दिनको गल्तीले पाँच वर्ष पछुताउनु पर्छ । बढी भ्रष्ट दल र नेताहरुले जिते भने पाँच वर्ष देश र जनता माथी ठगी धन्धा पनि बढी मात्रामै चलाउने छन्’

स्थानिय तहको निर्वाचन नजिकिए संगै राजनीतिक दलका नेताहरु आ–आफ्नो पक्षमा मतदान गराउन जनताको घर दैलो पुगेका छन् । आगामी केही दिनमै यो क्रम अझै हत्तै बढ्नेछ । मतदाताको ढोकामा पुगेका नेताहरु क्रमश : खेतवारी, बैठक र भान्सा सम्म पनि पुग्नेछन् । उनीहरु आफूले निर्वाचन जिते जनताको आँगन, भात भान्सा, शयन कक्ष सबै परिवर्तन गराउने आश्वासन दिन तयार छन् । जनताले आजका सबै दललाई संघ देखि प्रदेश वा स्थानिय तह सम्ममा कतै न कतै परीक्षण गरिसकेका छन् । जुन दललाई मतदान गरे पनि सारमा कुनै भिन्नता नआउने मतदातालाई गाँठी कुरा थाहा छ् । तर, जनता संग उत्तम विकल्प छैन, नराम्राहरुबाटै कम नराम्रालाई मतदान गर्न बाध्य हुनुपरेको छ् । प्राय : सबै राजनीतिक दलहरु चुनावलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार गरिरहेका छन् । देश चुनावमय बन्दै गएको छ् । सबै दलका सबै शिर्ष नेताहरु देश दौडाहामा छन् । अहिले राजनीतिक दलहरु यति चलायमान भएका छन् कि पाँच वर्ष भित्र गर्न नसकेको प्रचार–प्रसार दुई सातामै गरेका छन् । ठूला राजनीतिक दल मात्र हैन, साना राजनीतिक दलको पनि सक्रियता बढेको छ् । एकले अर्को दललाई नराम्रो देखाउदै भोट माग्नेहरुले आफ्नो पार्टीको एजेण्डा, विचार र लक्ष्य भने देखाउन सकेका छैनन् । अहिले निर्वाचनमा होमिएका राजनीतिक दलहरुले वर्षौऔं देखि जनतालाई झुक्काइरहेका छन् । चुनाव अघि ढाँट छल गरेर भोट लिने र सत्तामा पुगेपछि देश र जनतालाई वेवास्ता गर्दै आफ्नो र आफ्नो दलको स्वार्थ मात्र पूरा गर्ने नेताहरु अझै सुध्रिएका छैनन् । राजनितिमा इमान्दारी पटक्कै देखिएको छैन । दलहरुमा जसरी पनि सत्तामा पुग्ने रणनीति हाबी भएको देखिन्छ् । पछिल्लो केही वर्षको अवधिमा मुलुकमा परिवर्तन नभएको होईन, तर समृद्धिका ती परिवर्तनहरु आम जनताको भागमा परेका छैनन् । नेता र पहुचवालहरुको मात्र जिवन स्तरमा सुधार आएको देखिन्छ् । देशको नाममा, जनताको नाममा राजनीति गर्ने, सत्ता र शक्तिमा पुग्ने अनि आफ्नो स्वार्थ मात्र पूरा गर्ने चरित्र नेतामा अझ बढेको छ् । जनताले यसको सजाय दिने यहि एक दिन हो – मतदान गर्ने दिन । दल र नेताहरुले जसरी आफ्नो पक्षमा मत पार्नलाई अहिले देखि योजना बुनिरहेका छन्, त्यसैगरी मतदाताहरुले पनि अहिले देखिनै दल र दलका नेताहरुको मूल्यांकन गर्नुपर्छ् । मतदाताको एक दिनको गल्तीले पाँच वर्ष पछुताउनु पर्छ । बढी भ्रष्ट दल र नेताहरुले जिते भने पाँच वर्ष देश र जनता माथी ठगी धन्धा पनि बढी मात्रामै चलाउने छन् । दुर्भाग्यवश स्वीकार गर्नै पर्छ, भ्रष्टाचारमुक्त कोही पनि देखिएन् । आर्थिक चलखेललाई मात्र भ्रष्टाचार नभनी अंगीकार गरेको नीतिमा विचलन र प्रतिवद्धताबाट पलायनलाई समेत भ्रष्टाचारको दायरामा राखेर हेर्दा भ्रष्टाचारमुक्त दल र नेता पाउनु दुर्लभ भएको छ् । जनताको चेतना र बौद्धिक स्तर माथी उठेका कारण दल र नेताको भ्रष्टाचारले लतपत अनुहार पहिचान गर्न उनीहरुलाई गाह्रो छैन, गाहे केवल कम भ्रष्टाचारी पहिचान गर्न मात्र छ् ।

ताजा समाचार